कमल ।

झापाको कमल गाउँपालिकाले पछिल्लो समय कृषिमा निकै ठुलो फड्को मारेको छ ।
करिब एक सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कमल गाउँपालिकाको जनसंख्या करिब ४८ हजार रहेको छ । यति धेरै जनसंख्या रहेको यस पालिकाका करिव ८० प्रतिशत जनता मुख्य कृषि पेशामा आत्मनिर्भर रहेका छन् ।
यति धेरै जनसंख्या कृषी पेशामा आवद्ध रहेको पालिकाले कृषी लागेका व्यासायीक कृषकका लागि विभिन्न कार्यक्रम संञ्चालन गर्दै आएको छ । पालिकामा व्यवसायीकरुपले कृषि पेशा गर्दै आएका कृषक हरु मध्ये करिव ८ सय ५ जना कृषक मुख्य रुपमा कृषि पेशामा आश्रित रहेको कृषि शाखाले जनाएको छ ।
पालिकाका यति धेरै नागरिकले कृषी पेशा अंगालेको भएपनि पालिका संग भएको सीमित बजेटबाट प्राथामिकीकरणका आधारमा कृषकहरु माझ कृषि प्रवद्र्धनका लागि विभिन्न कार्य सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख महेन्द्र वोहोराले जानकारी दिनुभयो ।
कृषि व्यवसायलाई थप परिस्कृत गर्दै जाने क्रममा पालिकाले विगतका वर्ष हरु देखी सञ्चालन गर्दै आएको वितरणमुखी कार्यक्रमहरुलाई संशोधन गरी गत आर्थिक वर्षदेखि बाली लगाएको क्षेत्रफलका आधारमा प्रोत्साहनका कार्यक्रमहरु सुरु गरेको छ । यो कार्यक्रम बाट बास्तविक कृषकको पहिचान गरी उत्पादन प्रवर्धन र ब्यवसायिकतामा जोड पुगेको गाउँपालिकाले जनाएकोछ ।
पालिकाले धानको उत्पादनमा वृद्धि गर्न र सो कार्यमा हुने जनशक्तिको अभावलाई न्युनिकरण गर्नका लागि दुई थान चारचक्के धान रोप्ने मेसिनको प्रयोग गरी आधुनिक रुपमा मेसिनबाट धान रोपाई गर्न ईच्छुक कृषकहरुलाई पालिकाभर सुलभ मुल्यमा सेवा उपलब्ध गरिने जनाएको छ ।
त्यसैगरी पालिकाले कृषि मजदुरको अभावले कृषि उत्पादनमा परेको समस्यालाई न्युनिकरण गर्दै कृषि यान्त्रिकरणलाई जोड दिनएको छ । कोशी प्रदेश सरकारको सहकार्यमा वडा नम्वर १ लाई धान सुपरजोन क्लष्टर घोषणा गरी रवर ट्याक कम्बाईन हार्भेष्टर पालिमा भित्र्याइएको छ भने यसै आर्थिक वर्ष देखी सहुलियतमा धान कटाइ सेवा उपलब्ध गराउने पालिकाले जनाएको छ ।
त्यसैगरी नगदे वाली तर्फ यसै आर्थि वर्षदेखि ब्यावसायिक तथा नगदे बालीको प्रवर्धनका लागि सुपारी, च्याउ र मसला बालीलाई समेत कार्यक्रममा समावेस गरेको छ । जस अन्तर्गत मसलाबाली र च्याउ खेतीको हकमा क्षेत्रफलका आधारमा प्रोत्साहन उपलब्ध गराईनेछ भने सुपारीको हकमा सुपारी खेती सम्ब्धी अध्ययन अनुसन्धानमा बिज्ञता हासिल गरेका सुपारी विज्ञको उपस्थितिमा ब्यवसायिक कृषकहरुलाई तालिम प्रदान गरिएको कृषी शाखा प्रमुख बोहोराले बताउनुभयो ।































