आज विश्व मधुमेह दिवस

0
66

आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस यसपालीको नारा ‘आफ्नो कार्यस्थलमा मधुमेहको बारेमा धेरै कुरा जानौं र गरौं पनि’ भन्ने रहेको छ यस्तो नारा किन दिइएको होला भने मधुमेह भएका धेरैजना व्यक्तिहरूलाई मधुमेहको उपचार गर्न आफ्नो कार्यस्थल नै बाधा भइदिन्छ ।

मधुमेह भएकै कारण धेरैले आफ्नो कार्यस्थलमा भेदभाव, हेला र बहिष्कार सहनुपर्छ कति जनालाई त आफ्नो कामकाज र बिमारीबीच ब्यालेन्स मिलाउन नसक्दा मानसिक समस्या पनि आइलाग्छ त्यही भएर कति जनाले आफूलाई मधुमेह भएको कुरा आफ्ना सहकर्मीहरूलाई भन्दैनन् सहकर्मीको अगाडि इन्सुलिन लिन औषधि खान वा सुगर चेक गर्न हिच्किचाउँछन् कति जनाको दिउँसोको इन्सुलिन प्रायः छुट्छ जसकारणले सुगर कन्ट्रोल नहुने र विभिन्न अङ्गहरूमा असर परेको हामी आफैले देख्दै आएका छौं ।

त्यसको ठिक विपरीत कार्यालय समयमा कहिल्यै सुगर चेक नगर्नाले कति जना बिमारीहरुलाई काम गर्दागर्दै सुगर लो भएर चक्कर लाग्ने बेहोस हुने पनि हामीले देखेका छौं सहकर्मी साथीहरू सँगै खाँदा वा कहिलेकाहीँ बाहिर खान जाँदा मधुमेह भएका सहकर्मीहरूलाई उनको खानपिन र बिमारी सम्बन्धी नकारात्मक टिप्पणीहरू गर्ने गरेको पनि पाइएको छ यी सबै कुराहरुले मधुमेहक भएका व्यक्तिहरूको उपचारमा मद्दत होइन झन् बाधा अड्चन उत्पन्न गर्छ ।

मधुमेह भनेको आधुनिक समाजको महामारी हो आज आफूलाई छैन भन्दैमा कहिल्यै हुँदैन भन्ने हुँदैन भोलि गएर आफूलाई पनि हुनसक्छ त्यही भएर मधुमेह भएका व्यक्तिहरूबाट मधुमेह सम्बन्धी ज्ञान आफूले लिने र आफूले थाहा पाएका विज्ञानसम्मत कुराहरु मधुमेह भएका व्यक्तिहरुलाई सेयर गर्ने र उनीहरूको मधुमेहको उपचारमा मद्दत गर्ने गर्नुपर्छ मधुमेह भएका सहकर्मीहरूलाई बरु खाजा खानलाई पर्याप्त समय दिने, उनले केही मद्दत मागेमा मद्दत गर्न अग्रसर हुने त्यसो ग¥यो भने हामीले हाम्रो सही मित्रताको परिचय दिइरहेका हुन्छौं ।

(ढकाल इन्ड्रोकाईनोलोजिष्ट आरआर पोलिक्लिनिक कार्यरत छन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here