दिपालको सोरुम बिर्तामोडमा

0
80

झापा, दिपाल गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले झापाको बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको छ ।
बिर्तामोडको रामचोकमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका छन् । शुक्रवार आयोजित कार्यक्रमका बीच सोरुमको उद्घाटन गरिएको हो । 
दिपल बिर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापासहित प्रमुख अतिथि न्यौपानेद्वारा पानसमा दीप प्रज्जवलन गर्दै सोरुम उद्घाटा गरिएको थियो । सोरुम उद्घाटनसंगै आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ तीनदिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।
कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
यो एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनुहुनेछ ।
यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।
सोरुम उद्घाटन कार्यक्रममा बिर्तामोडका व्यवसायीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अनु महर्जनले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here