वीरता जेसीज बिर्तामोडद्वारा ‘जेसीज सप्ताह’ शुभारम्भ

0
116
  • पूर्ब अध्यक्षहरुसंग अनुभव आदान–प्रदान र पोषण आहार वितरण सम्पन्न

बिर्तामोड , वीरता जेसीज बिर्तामोड झापाले आयोजना गरेको ‘जेसीज सप्ताह २०२५’ आज विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ ।
सप्ताहअन्तर्गत पहिलो दिन ‘अनुभवको कथा–अन्तरक्रिया’ विशेष कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।

सप्ताह उद्घाटन समारोह वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको तथा वीरता जेसीजका पूर्व अध्यक्ष एवम् राष्ट्रिय महाधिवेशन–१९९९ का कन्भेन्सन डाइरेक्टर राजकुमार पोखरेल को प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्षहरूको अनुभव, मार्गदर्शन र प्रेरणालाई केन्द्रमा राखेर आयोजित अन्तरक्रियामा पूर्व अध्यक्ष शिवकुमार अग्रवाल, राजेन्द्र चम्लगाई, किरन श्रेष्ठ, निर्मल भट्टराई, सजेश शिवाकोटी, मिजास पोखरेल तथा निर्वतमान अध्यक्ष विकास वस्नेतले आ आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रमको संयोजन वीरता जेसीजका कानूनी सल्लाहकार अमरजीत साहले गरेका थिए भने सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए।

कार्यक्रममा जेसीज आस्था वाचन तालिम संयोजक सुशील थापाले तथा मिसन–भिजन बाचन खेलकुद संयोजक विवेक खड्काले गरेका थिए ।
अध्यक्ष कुँवरले जेसीज सप्ताहले युवा नेतृत्व विकास, समुदायप्रतिको जिम्मेवारी र संस्थागत सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यसैगरी जेसीजले दोस्रो कार्यक्रम स्वरुप अर्जुनधारा–६ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पोष्टिक आहार वितरण गरेको  छ । सो कार्यक्रममा पनि अध्यक्ष युवराज कुँवरकै अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले शुभकामना मन्तव्य दिदै वालवालिकाको स्वास्थ्य र शिक्षा प्रति गरेको सहयोग खेर नजाने बताएका छन् । उनले यो कार्यक्रम फलदायी भएको र अरुलाई समेत प्रेरणा योग्य भएको बताए । अर्जुन सहनीको संयोजनमा कार्यक्रम भएको थियो ।

सरोकार केन्द्रमा प्रदान गरिएको पोषणका सामग्री अन्तर्गत हर्लिक्स २ कार्टुन, चामल दुई बोरा, दाल ५ केजी, नून ५ केजी, तेल ५ लिटर, मुरई ३ बोरा, लुगा धुने साबुन, नुहाउने साबुन तथा सरसफाइका सामग्री रहेका छन् ।

आस्था वाचन अमरजीत साहले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव विज्ञानराज पौडेलले नै गरेका थिए । सहयोग सामग्री सरोकार केन्द्रका प्रतिनिधि गंगाराम खनाललाई हस्तान्तरण गरिएको थियो ।
वीरता जेसीजले जेसीज सप्ताहअन्तर्गत विभिन्न सामाजिक, नेतृत्व विकास तालिम तथा समुदायमुखी कार्यक्रम क्रमिक रूपमा सञ्चालन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here