सुन्दरहरैँचा( मोरङ),

अन्तर्राष्ट्रिय स्तरमा भाषा र सांस्कृतिक शिक्षामा अग्रणी संस्थामध्ये एक ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इंकले नेपालमा आफ्नो नयाँ विस्तारको घोषणा गरेको छ।
संस्थाले मोरङको सुन्दरहरैंचा – १० मा रहेको हिमाल इंग्लिस स्कुल सँगको साझेदारी मार्फत शैक्षिक सहकार्य र अन्तर्राष्ट्रिय उत्कृष्टता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यस साझेदारीले नेपालमा गुणस्तरीय भाषा शिक्षालाई विश्वस्तरको पहुँच दिलाउने र विद्यार्थीहरूलाई अन्तरसंस्कृतिक समझदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा अग्रसर बनाउने अवसर प्रदान गर्ने उल्लेख गरिएको छ ।
ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इंकका प्रतिनिधिहरूका अनुसार, “यो सहकार्य हाम्रो साझा दृष्टिकोणको प्रतिबिम्ब हो—संचार, संस्कृति र शिक्षा मार्फत विश्वलाई जोड्ने जनाएको छ। संस्थाले हिमालय स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालप्रति विशेष आभार प्रकट गरेको छ। खनालको नेतृत्व, विश्वास, र समर्पणले यस साझेदारीलाई साकार पार्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनलका अनुसार यो साझेदारीले संस्थाको “सञ्चारको सशक्तिकरण, संसारलाई जोड्ने” भन्ने नारा अनुसार विश्वभरका विद्यार्थीहरूलाई भाषा र संस्कृतिको माध्यमबाट सशक्त बनाउने उद्देश्यलाई थप मजबुत बनाउने छ। संस्थाले आफ्ना विद्यार्थी, साझेदार तथा समर्थकहरूलाई निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै, विश्वका विभिन्न देशहरूमा गुणस्तरीय भाषा शिक्षाको पहुँच विस्तार गर्न प्रतिबद्धता जनाएको छ।































