उत्कृष्ट शिक्षण संस्थाको रुपमा स्थापित हुँदै : ग्लोवल एकेडेमी

0
58

कमल ।

स्थानिय स्तरमा उच्च गुणस्तरीय शिक्षा, विद्यार्थी मैत्री वातावरण र आधुनिक सिकाइ पद्धति प्रदान गर्ने उद्देश्यले २०५३ सालमा झापाको दमक ६ मा ग्लोवल एजुकेसनल एकेडेमीको स्थापना भएको हो ।

स्थापनाकाल देखीनै विद्यार्थी मैत्री वातावरण र आधुनिक सिकाइ पद्धति द्वारा शान्त वातावरणमा अनुभवी शिक्षक शिक्षिकाबाट पठनपाठन हुदै आएको ग्लोवल एजुकेसनल एकेडेमी विध्यार्थि र अविभावकको रोजाईमा पर्न सफल भएको छ ।

स्थानिय स्तरमै गुणस्तरीय, व्यावहारिक र नैतिक शिक्षाद्वारा सक्षम नागरिक उत्पादन गर्न सफल यस एकेडेमीमा अहिले कक्षा नर्सरी देखी कक्षा १२ सम्म अध्यापन हुदै आएको छ । एकेडेमीको सुरुवात देखीनै विध्यार्थिको रोजाईमा पर्न सफल यस एकेडेमीमा हाल २ हजार ६ सय विध्यार्थि अध्यायनरत छन् ।

किताबी ज्ञानका साथै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मार्फत थप शसक्त बनाउदैलाने उद्देश्यले एकेडेमीले साप्ताहिक,मासिक र वार्षिक रुपमा विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । एकेडेमीले यस वर्ष समेत वार्षिक सांस्कृतिक कार्यक्रम आयोजनागरी गायन, नृत्य,कविता वाचन, मन्तव्य बतृत्वकला लगायतका प्रतियोगितात्मक कार्यक्रको आयोजनागर्ने र कार्यक्रममा उत्कृष्टहुने विद्यार्थीका साथै वार्षिक परिक्षामा उत्कृष्ट भएका विद्यार्थीका र अविभावकलाई समेत पुरस्कृत गर्ने गरेको एकेडेमीले जनाएको छ ।

सबै विद्यार्थी एउटै क्षमताका हुदैन् , हरेक विद्यार्थीमा आ आफ्नो रुचि र क्षमता हुन्छ, त्यसैले यस्ता अतिरिक्त कृयाकलापले विध्यार्थि भित्र रहेको क्षमताको पैचानगरी सोहिअनुसारको शिक्षा प्रदान गर्न सकिने भएकोले समय समयमा यस्ता अतिरिक्त क्रियाकला गर्ने गरेको ग्लोवल एजुकेसनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारी बताउनुहुन्छ ।

ग्लोवल एजुकेसनल एकेडेमीमा अध्यायन गर्ने हरेक विध्यार्थिको मनोविज्ञानलाई बुझेर शिक्षण सिकाईका साथै अतिरिक्त कृयाकलाप समेत सन्चालन गरेका छौ । विद्यार्थीले उच्च मनोवलका साथ हरेक कार्यक्रममा प्रतिष्पर्धा गर्न सक्षम बनाउनका लागि खेलकुद,कला, संगीत, नृत्य, वादविवाद, भाषण, कविता प्रतियोगिता,विज्ञान मेला तथा प्रदर्शनी लगायतका कृयाकलाप सन्चालन गर्नाले समेत विद्यार्थीलाई सिप सहितको शिक्षा आर्जन गर्न सहज भएको एकेडेमीका शिक्षक कुलप्रसाद शिवाकोटी बताउनुहुन्छ ।

ग्लोवल एजुकेसनल एकेडेमीका व्यवस्थापन समितिकी अध्यक्ष ईन्दिरा बस्नेतले कुनै पनि सस्थालाई सफल बनाउन सन्चालक समितिको महत्वपुर्ण भुमिका हुने भन्दै शिक्षण सस्थालाई यो अवस्थासम्म ल्याउनका लागि व्यवस्थापन समितिको महत्वपुर्ण जिम्वेवारी रहेको बताउँनुभयो ।

ग्लोवल एजुकेसनल एकेडेमीलाई यो उचाई सम्म ल्याउन हामी अविभावक र विध्यार्थिको पनि उत्तिकै जिम्वेवारी हुन्छ । विद्यार्थीले विध्यालयमा दिनभरी सिकेका विषयलाई अविभावले समेत विहान बेलुका समय निकालेर हेर्नुपर्छ । विद्यालय भनेको विद्यार्र्थीलाई संस्कर युक्त शिक्षाको जग बसाउने थलोको रुपमा लिनुपर्ने उत्कृष्ट अविभावद्वारा पुरस्कृत हुनुभएकी गिता ढुङ्गाना बताउनुहुन्छ ।

ग्लोवल एजुकेसनल एकेडेमीले हरेक वर्ष वार्षिक अतिरिक्त कृयाकलापका साथै सांस्कृतिक कार्यक्रम आयेजना गरेर गायन, नृत्य, कविता वाचन, मन्तव्य बतृत्वकला लगायतका प्रतियोगितात्मक कार्यक्रको आयोजनागर्ने गरेको छ । कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीका साथै वार्षिक परिक्षामा उत्कृष्ट भएका विद्यार्थी र उत्कृष्ट अविभावकलाई समेत पुरस्कृत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here