बेवारीसे अवस्थामा रहेको ३१७ किलो गाँजा बरामद

0
47

विराटनगर ।

सुनसरीको धरान उप–महानगरपालिका–४ र १७ बाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (पीआईटी), इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरान–४ स्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा सडक साईडमा बेवारीसे अवस्थामा रहेको को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्वरको मोटरसाईकलमा लोड गरी राखेको अवस्थामा ४९ किलोग्राम गाँजा बरामद छ ।

त्यसैगरी बिशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धरान–१७ मा रहेको जंगलमा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा दुई सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ । गाँजा बरमद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here