लागूऔषधसहित पाँच जना पक्राउ

0
60

सुनसरी ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अन्तर्गत रहेका प्रहरी कार्यालयहरुले चेकजाँचको क्रममा सप्तरीका वशन्त कुमार मण्डललाई ४८ मिलिग्राम ब्राउन सुगर सहित, मकवानपुरका प्रशान्त सेङतान र राजन थोकरलाई ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी लागूऔषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले इटहरी–१३ बाट २५ किलोग्राम गाँजासहित इटहरी–१३ का आकाश पटेल र रवि सरदारलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here