झापा, झापाको कन्काई नगरपालिका–२ सिमसारमा आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने धम्की दिएको आरोपमा २३ वर्षीय छोरा पक्राउ परेका छन्।
यो तस्बीर साङ्केतिक मात्र हो ।
मादक पदार्थ सेवान गरेर बुबालाई ‘काट्छु–मार्छु’ भन्दै धन्क्याएपछि उनी पक्राउ परेका हुन् ।
गएराति लालबहादुर मुसहरका २३ वर्षीय छोरा बिशाल मुसहरले मदिराको नशामा अभद्र व्यवहार गरेको र खुकुरीसहित बुवामाथि आक्रमण गर्न खोजेपछि छिमेकीले तत्काल नियन्त्रणमा लिई घटनाबारे जानकारी इलाका प्रहरी कार्यालय सुरुङ्गालाई गराएका थिए।
स्थानीयको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक रामेश्वर सुनरैत यादवको कमाण्डमा खटिएको टोलीले बिशाल मुसहरलाई नियन्त्रणमा लिएर इप्रका सुरुङ्गामा राखेर कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

























