राजश्व संकलनमा फड्को मार्दै नेपाल विद्युत प्राधिकरण अनारमनी

0
37
  • बार्षिक डेढ अर्ब राजश्व

सुरेन्द्र भण्डारी

झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले अघिल्लो आर्थिकमा राजस्व संकलन, सेवा सुधार तथा पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८१ /०८२ मा केन्द्रले एक अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको भन्दा ९६ करोड रुपैयाँ करोड बढी हो । 

केन्द्रको भौगोलिक कार्यक्षेत्र बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगरका ११–१४ नं। वडाहरू, शिवसताक्षी नगरपालिका–१ र २, बाह्रदशी र झापा गाउँपालिका , इलामको रोङ २ का केही भाग तथा माई नगरपालिका–५ का आंशिक क्षेत्रका ग्राहकलाई विद्युत सेवा पु¥याउँदै आएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख संजिवकुमार शाहले जानकारी दिनुभयो । हाल यो विद्युत सेवा केन्द्रका ग्राहकको संख्या एक लाख बढी रहेको उहाँको भनाई छ । कुल ग्राहक मध्ये यसमध्ये २२ प्रतिशत अर्थात् १ हजार ३१७ औद्योगिक ग्राहक छन् भने ८४९ व्यापारिक, ९७ हजार ९३ घरेलु तथा १५ हजार ९८० अन्य ग्राहक रहेका छन् ।

विद्युत् चुहावट नियन्त्रणमा पनि केन्द्रले महत्वपूर्ण प्रगति हासिल गरेको छ । १२ प्रतिशत रहेको चुहावट दर घटाएर १०।५६ प्रतिशतमा झार्न सफल भएको जनाइएको छ । जसका कारण प्राधिकरणले दिएको लक्ष्य पूरा गरेको केन्द्र प्रमुख शाहले बताउनुभयो ।

चुहावट नियन्त्रणका क्रममा ५८ व्यक्तिमाथि कारबाही गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले जनाएको छ ।

भोल्टेज समस्या समाधानका लागि केन्द्रले चार नयाँ फिडर निर्माण गरी सञ्चालनमा ल्याएको छ । घैलाडुब्बा सबस्टेशनबाट लालमाटीसम्म औद्योगिक फिडर, ११ केभी गोलधाप र ११ केभी दुर्गापुर फिडर चार्ज गरिएको छ । यससँगै गरामनी, कन्काई क्षेत्रको लोड व्यवस्थापन सहज बनेको केन्द्रको दाबी छ । अनारमनी १३२÷३३÷११ केभी सबस्टेशनअन्तर्गतका सबै ११ केभी फिडरमा अत्याधुनिक उपकरण जडान गरिएका छन् ।

विद्युत वितरण क्षेत्रमा हाल ५६५ ट्रान्सफर्मर सञ्चालनमा छन् । यामध्ये ५० ९केभीए० का ३४, १०० ९केभीए० का ३६८, २०० ९केभीए० का १४१ तथा ३०० ९केभीए० का २२ वटा रहेका छन् ।

ग्राहक सेवा सहज बनाउन केन्द्रले फ्री–वाइफाइ जोन, उजुरी पेटिका, महिला मैत्री शौचालय, सुरक्षाका लागि सीसी क्यामेरा, तातो–चिसो खानेपानी सुविधा, एसीसहितको ग्राहक सेवा कक्ष, टोकन प्रणाली र शिशुस्याहार कक्ष निर्माण गरी सेवा प्रवाहलाई व्यवस्थित बनाएको छ । साथै कार्यालय परिसरमा कर्मचारी तथा स्थानीयको सहयोगमा १८ लाख रुपैयाँको लागतमा विश्वकर्मा बाबा मन्दिर निर्माण गरिएको छ ।

अनारमनी वितरण केन्द्रका प्रमुख शाहको कार्यकालमा ७६ नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । यसअघि भद्रपुर र लालबन्दीमा कार्यरत रहँदा शाह प्राधिकरणद्वारा दुई पटक उत्कृष्ट कार्यालय प्रमुख घोषित हुनुभएको थियो । अनारमनी बितरण केन्द्रमा पनि उहाँले उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै चर्चा चुलिएको छ ।

प्राधिकरणले अब बिर्तामोड–४ स्थित पुरानो कार्यालय परिसरमा नयाँ सबस्टेशन निर्माण गर्ने योजना अघि बढाएको छ । जसका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here