बिर्तामोड ।

नेल्टा झापाले पाँचौं अधिवेशन तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड–५ स्थित तक्षशिला प्रग्रेसिप स्कूलमा भएको कार्यक्रममा करिब तीन सय जना अंग्रेजी शिक्षकलाई तालिम दिइएको थियो । नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्व्य समिति झापाका प्रमुख विनोदकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमा नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपाल, मेचीनगरपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारी, बुद्धशान्ति गाउँपालिकाका शिक्षा शाखाका प्रमुख कमल निरौला, नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, नेल्टा कोशी कार्यसमितिका सदस्य टिका सुवेदी, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, इक्यान झापाका अध्यक्ष राजकुमार कार्की, रोटरी मिड टाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्ह, तक्षशिला प्रग्रेसिपका प्रिन्सिपल डा. भिक्टोर जोसेभ, नेल्टाका केशव भट्टराई लगायतको आतिथ्य रहेका थियो ।

कार्यक्रममा प्रमुख अतिथी शिक्षा विकास समन्व्य समिति झापाका प्रमुख बस्नेतले शिक्षाको विकासका लागि नेल्टाले उल्लेख्य सहयोग गरेको बताए । उनले शिक्षा विकास समन्व्य समिति झापा नेल्टासँग सहकार्य गरेर काम गर्न तयार रहेको उल्लेख गरे ।
त्यस्तै नेल्टा कोशी प्रदेशका अध्यक्ष नेपालले झापाका स्थानीय तहसँग मिलेर धेरै काम गरेको भन्दै नेल्टा झापाका प्रशंसा गरे । उनले अंग्रेजी भाषाका शिक्षकहरुको क्षमता विकासका लागि गरेको प्रयास सराहनीय रहेको उल्लेख गरे ।

यो कार्यसमितिको अझै एक वर्ष अवधि रहे पनि केही सदस्य तथा पदाधिकारी पद रिक्त रहेकाले सोही अवसरमा उक्त पदहरुमा पदपूर्ति गरिएको जनाइएको छ । कोषाध्यक्षमा रीता निरौला, सदस्यमा सुष्मा तामाङ, उमा भट्टराई, तीर्थ खरेल चयन भएका छन् । उपसचिवमा खेमराज आर्चाय रहेका छन् ।
तक्षशिला प्रग्रेसिपका पिन्सिपल डा. भिक्टोरले स्वागत गरेको कार्यक्रम सञ्चालन नेल्टा झापाका सचिव केशव उप्रेतीले गरेका थिए । अंग्रेजी शिक्षकका लागि तालिम उपयोगी बनेको बताइएको छ ।






























