झापा . बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी समूह बिर्तामोडको आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ३८ जनाले रगतदान गरेका छन्।
झापा जिल्लामा रगत अभाव हुन नदिन उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडले प्राविधिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले गरेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाई रहेका थिए।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार घिमिरे (राजु), इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष मनोज अग्रवाल, मेहरमाथ बहुउद्देश्यीय कबडहलका अध्यक्ष दिलेन्द्र कार्की, समूहकी पूर्व अध्यक्ष तुलसा ढकाल, र स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती विशेष अतिथिका रूपमा उपस्थित थिए।
अध्यक्ष हुमागाईंले स्वागत मन्तव्य राख्दै रक्तदान जस्तो मानवीय कार्यमा समुदायको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताइन्। कार्यक्रमको सञ्चालन शीला चुडालले गरेकी थिइन्।





























