नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव एलवी पालुङ्वाको राजीनामा

0
11

बिर्तामोड ।
नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा संयुक्त पहिचानवादी मोर्चाका संगठन विभाग प्रमुख एलवी पालुङ्वाले पदबाट राजीनामा दिएका छन्। युवा नेता पालुङ्वाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

झापा संयोजकसमेत रहेका पालुङ्वाले जेन–जेड पुस्ताको चाहना, भावना तथा आन्दोलनप्रति आफू निष्ठापूर्वक सहयोग गर्न चाहेकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

पार्टी नेतृत्वलाई पटक–पटक सचेत गराउँदा पनि पार्टी एकता, आन्तरिक प्रतिबद्धता तथा संयुक्त पहिचानवादी मोर्चासँगको प्रतिवद्धताप्रति इमानदारीता नदेखिएको आरोप पालुङ्वाले लगाएका छन्। उनले पार्टी नेतृत्व “असहज र असफल” भएको महसुस गर्दै अब कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन्।

नेता पालुङ्वाले जेन–जेड पुस्ताले उठाएका माग, आन्दोलन र परिवर्तनको भावना प्रति पूर्ण समर्थन व्यक्त गर्दै आफू अब पार्टी संरचनाभन्दा बाहिर रहेर योगदान गर्ने संकेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here