आज विश्वभर टेलिभिजन दिवस मनाइँदैछ । टेलिभिजनको प्रशारण शुरु भएको साढे नौ दशक भइसकेको छ । टेलिभिजनको आविष्कार जन लागी बयर्डले सन् १९२५ मा गरेका थिए । आज टेलिभिजन सञ्चारको सबैभन्दा प्रभावशाली भरपर्दो सूचनाको आधार भएको छ । नेपालमा टेलिभिजनले सन् १९७० को दशकमा प्रवेश गरेको थियो । वि.सं. २०४१ साल माघ १७ गतेका दिन नेपाल टेलिभिजनको स्थापना भई सञ्चार क्षेत्रमा नवीन क्रान्ति गर्दै विश्वको सामाजिक, आर्थिक, भौतिक, प्राकृतिक तथा विकास निर्माणसँग सम्बन्धित विषयवस्तु प्रशारण हुन प्रारम्भ भएको हो । वर्तमानको सञ्चारमाध्यमहरु मध्ये सशक्त माध्यमका रुपमा रहेको टेलिभिजन श्यामश्वेतबाट रंगीनमा रुपान्तरण भएको पनि सात दशकभन्दा बढी भएको छ ।

विश्वका समृद्ध देशहरुमा टेलिभिजन व्यापक र लोकप्रिय भएसँगै नेपालमा तत्कालीन राजा वीरेन्द्रबाट टेलिभिजनको आवश्यकता र महत्वका बारेमा संसदमा सम्बोधन भएको थियो । त्यही सम्बोधनका आधारमा सरकारले पञ्चवर्षीय योजना मार्फत यसको पूर्वाधार तयार ग¥यो । त्यही पूर्वाधारले तीन वर्षमै नेपाल टेलिभिजनको शुरुवात भयो । छिमेकी देश भारतमा व्यापक भइसकेको टेलिभिजन नेपालको राजधानी काठमाडौंमा हुने खाने वर्गले हेर्न थालेका थिए । यसले नेपाली भाषा, संस्कृति र जीवनशैलीमा अतिक्रमण हुने सम्भावनाका बीच शुरु भएको टेलिभिजन अहिले नेपालीको अनिवार्य आवश्यकता भइसकेको छ ।
दक्ष जनशक्ति र प्रविधिको अभावका बीच, स्रोत र साधनको अपर्याप्तता बावजुद नेपाल टेलिभिजनको प्रशारण शुरु गर्नु चुनौतीपूर्ण थियो । अनि पनि राष्ट्रिय अखण्डता, सांस्कृतिक सम्पदाको संरक्षण र राष्ट्रहितको लागि स्वतन्त्र टेलिभिजन तत्कालको आवश्यक थियो । त्यही आवश्यकताले २०४२ पुस १४ गतेदेखि नेपाल टेलिभिजनले नियमित प्रशारण शुरु ग¥यो । आज आमनेपालीले आफ्नो रुचि अनुसारका विषयवस्तु छनौट गर्ने अवसर पाएका छन् । निजी क्षेत्रबाट समेत टेलिभिजन खुलेका छन्, सबै समुदायलाई लक्षित कार्यक्रमहरु उत्पादन भइरहेका छन् । रोजगारको अवसर वृद्धि भएको छ । समाचारका साथै मनोरञ्जन, इतिहास, पुरातत्व, विकास–निर्माण, ज्ञान–विज्ञान, साहित्य, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न टेलिभिजनले योगदान पु¥याएका छन् । सूचनाको हक प्रत्याभूत गर्ने यो माध्यम अझ सशक्त र प्रभावकारी बनाउन राज्यको पनि सहयोग हुनुपर्छ । यसो भए आममानिस सचेत भई राष्ट्रिय विकासमा योगदान दिन सक्षम हुनेछन् । यसले राष्ट्रको विकासमा समेत टेवा पुग्नेछ ।





























