सानीमा हाइड्रोपावरको छात्रवृत्ति माईका ४ विद्यार्थीलाई

0
168

विमल दहाल, माई ।

सानिमा माई हाइड्रोपावर लिमिटेड माई नगरपालिका इलामले चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच माई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको छनौट तथा सिफारिसका आधारमा विद्यार्थीहरूलाई छनौट गरिएको सानिमा हाइड्रोपावर लिमिटेड माईका मेनेजर राजिव ओझाले जानकारी दिनुभयो।

हाइड्रोपावरको प्रभावित क्षेत्रभित्र कक्षा ११ र १२ मा अध्ययनरत विपन्न, जेहेन्दार विद्यार्थीहरू छनौट गरि नगद ३७ हजार ५ सयका दरले वितरण गरिएको जनाइएको छ।

छात्रवृत्ति वितरण कार्यक्रम हाइड्रोपावरका प्रतिनिधि र विद्यालयका प्रधानाध्यापक लगायत सरोकारवालाहरूको उपस्थितिमा माइ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, शिक्षा शाखा प्रमुख सीता देवी लाव, हाईड्रोपावरका मेनेजर राजिव ओझा लगायतले एक कार्यक्रमका बीच विद्यार्थीलाई चेक हस्तान्तरण गर्नुभएको हो।

जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्राप्त गर्नेमा कन्काई माध्यमिक विद्यालय माई-२ शीतलीका आवेश वि.क., भगवती माध्यमिक विद्यालय माई-६ गोतामेटारका निरु हाङ्खिम राई, जनता माध्यमिक विद्यालय माई-९ चिसापानीका आयुषा मगर र लक्ष्मी आदर्श माध्यमिक विद्यालय माई-८ विष्णेटारका शर्मिला थापा रहेका छन्।

हाइड्रोपावरले प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई विगत तीन वर्षदेखि निरन्तर छात्रवृत्ति दिँदै आएको सानिमा माई हाइड्रोपावर लिमिटेड माईमा जनसम्पर्क तथा वातावरण अधिकृत देवराज गुरागाईंले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here