शनिश्चरे बहुमुखी क्याम्पसको १२औं साधारणसभा तथा स्वागत कार्यक्रम सम्पन्न

0
70

अर्जुनधारा ,  झापाको अर्जुनधारा नगरपालिका–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसको १२औं क्याम्पस साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

क्याम्पस प्रांगणमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबहादुर थापाले वार्षिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। सोही क्रममा आन्तरिक लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेलले समितिको प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ का प्रमुख उपलब्धिहरू—वार्षिक कार्ययोजना निर्माण तथा कार्यान्वयन, उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई नगदसहित प्रमाणपत्र वितरण, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पुनर्गठन, विश्वविद्यालय अनुदान आयोगबाट भवन निर्माणका लागि ७० लाख रुपैयाँ, कोशी प्रदेश सरकारबाट भौतिक निर्माणका लागि १५ लाख रुपैयाँ र अर्जुनधारा नगरपालिकाबाट १० लाख रुपैयाँ अनुदान प्राप्त भएको उल्लेख गरिएको छ।

क्याम्पस स्थापनाका क्रममा महत्वपूर्ण योगदान पुर्‍याएबापत केदारमणि ढकाल, कृष्णप्रसाद मिश्र र मानबहादुर राईलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल, अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख हरिकुमार राना, सीतारमेश बहुमुखी क्याम्पस प्रमुख पूण्य रिजाल, पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। क्याम्पस समितिका उपाध्यक्ष लोकनाथ गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पूर्व सहायक क्याम्पस प्रमुख नारायणप्रसाद पौडेलले गरेका थिए।

यसैगरी, सोही दिन क्याम्पसअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन र अतिरिक्त क्रियाकलाप समिति संयुक्त रूपमा आयोजना गरेको शैक्षिक वर्ष २०८२ का नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम पनि सम्पन्न भयो। स्ववियु सभापति विशाल थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेलले गरेका थिए।

नवआगन्तुक विद्यार्थीलाई खादा र अविर लगाएर स्वागत गरिएको कार्यक्रममा पब्लिक क्याम्पस संघ शनिश्चरे बहुमुखी क्याम्पस इकाईका सभापति दीनेश बाँस्कोटालगायतले स्वागत मन्तव्य राखेका थिए। हालै सम्पन्न विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा प्राध्यापक तथा विद्यार्थीले गीत, नृत्य, कविता र गजल प्रस्तुत गरेका थिए। स्ववियु उपाध्यक्ष प्रदीप नेपालले स्वागत मन्तव्य राखेको कार्यक्रम सहायक क्याम्पस प्रमुख तथा संयोजक यज्ञदेव इङनामले सञ्चालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here