दहाल सरको कविता ‘यथार्थता’

0
22

सन २००० मे १ तारिखको दिन १२३औंं अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन थियो । शिवप्रसाद दहालले रचना गरेको ‘यथार्थंता’ शीर्षकको चार हरपमा लेखिएको कविता आफ्नो नजदिकमा रहेकाहरुलाई दिदै भन्नुहुँदै थियो । लु यो पढ । राम्ररी पढ । मलाई पनि उक्त कविता दिनुभयो । शिवप्रसाद दहाल सरले यो धरतीबाट विदा लिनुभएको लामो समय भइसक्यो । २०५७ साल माघ १० गते शनिबार रचना गरिएको ‘यथार्थंता’कविताको बारेमा खुल्दुली जाग्यो ।

रचनाको खोजी गरे । रचयितालाई सम्झन पुगे । रचना पढे । दोहो¥याएर पढे । यथार्थता कवितामा उल्लेखित शब्दहरु मेरो मानसपटलमा दौडिरहे । वि.सं.२०५७ साल फागुन महिना, म शनिश्चरे उच्च माध्यमिक विद्यालयको बिहानीसत्रको कक्षा सकेर बाहिरिँदैै थिए । ए मोहन ! भनेर बोलाउनुभयो । ला ! यो कविता पढ । तँलाइ यो काम लाग्छ । उहाँको आप्mनै हस्तलिखित अक्षर थिए । जसलाई छायाँप्रति बनाएको र कविताका हरफले ओगटेको स्थान अनुसार कागजको साइज काटेर बनाइएका टुक्रा थिए ।

सफा कागज । सफा अक्षर । चिटिक्क पारेर काटिएको कागज । चार हरफको कविता । मलाई पनि दिनु भएको थियो । मैले जतन साथ मेरो नोटकापीको बीचमा राखे । रुपैयाँको नोट राखे झैं गरी राखे । बिर्सेलास नी, एकचोटी हेर्नु ! मलाइ उहाँले तँ नै भन्नुहुन्थ्यो । मउहाँलाई सर ! भनेर सम्बोधन गर्दथे । एकदिन उहाँले भन्नुभयो । तइँले मलाइ सर भन्ने होइन । म तेरो दाजु हुँ । होइन भने मामालाई (मेरो बुबालाई उहाँमा भन्नुहुन्थ्यो) सोध भन्नुभयो । मैले लामो समयदेखि गुरूको रुपमा चिनेको थियो उहाँलाई । एक्कासी दाजुको रुपमा सम्बोध नगर्न मैले अफ्ठेरो माने । मैले अलिक असजिलो मानेको देखेर उहाँ आफैले सहज बनाइ दिनुभयो । दाजु भन् केही फरक पर्दैन । मैले त्यही दिनदेखि त्यहीबाट दाजुको नाताबाट शिवप्रसाद दहाल सरलाई सम्बोधन गर्न थाले ।

मलाई हप्ता दिनपछि उहाँले सोध्नु भयो– ‘पढिस् ! कविता ।’ मैले पढे दाजु भने । मलाइ लाग्यो अब दाइले कस्तो लाग्यो भनेर सोध्नु होला । तर, उहाँले ‘भाव बुझिस् होलानी’ भनेर सोध्नु भयो । मलाई अलिक अफ्ठेरो भयो । कविता त, हेरे ! तर दिएकै दिन हेरेको थिए । यसरी ठिङ्गिनु नै पर्ला भन्ने थिएन । तर पनि सम्झिन खोज्दै अलिकति गोडमेल गर्दै जवाफ दिए । अलिक पुगेन छ क्यार– ‘अझै हेर भन्नुभयो ।’ तर, त्यसपछि फेरि यस विषयमा सोध्नु भएन । दाजुले दिएको त्यो गृहकार्य मैले इमान्दारीपूर्वक गर्न सकिनछु भन्ने मलाइ लाग्यो । जुन बेला उहाँले यो धर्ती नै छाडेर गइसक्नुभएको थियो ।
उहाँको भौतिक शरीरले यस धर्तीबाट विदा लिएपछि मैले झट्ट सम्झे, त्यही हस्त लिखित चार हरप कविता । घरमा आए । त्यही नोट कापी खोजे जुन कापी शनिश्चरे उमावि मा मैले प्लस टु मा शिक्षण गर्दा प्रयोग गर्दथे । सुरक्षित साथ रहेका त्यो कविताको आकार अनुरुप कै पेपर जो नोटबुकको कर्नरमा अड्काएर राखेको थिए । भेटे उहाँले विश्वास गरेर दिएको त्यो गृहकार्य जो अधुरै थियो । पढ्न थाले । चार हरप कविता जुन मलाई पढनको लागि उपलब्ध गराइएको थियो ।जो यसप्रकार थियो ः

‘मै हूँ, कर्मठ सत्यनिष्ठ नियमी हूँ, साम्यवादी भनी,
सामन्ती व्यवहार गर्छ, उसले, भै पक्षपाती अनि ।
उसकै छन्, घरमा हली र भरिया, जोत्ने र खन्ने धरी,
गर्छन्, लेक र ब्याँसीभारि सहितै, काढी पसिना सरी ।।
अर्जुनधारा–२ मिति २०५७/१०/२८/०७मा (शिवप्रसाद दहाल

माथि उल्लेखित दहाल सरले उठाउनु भएका कविताका हरफहरु आफै बोल्छन् । सिद्धान्त र व्यवहारमा कति फरक छन् । मे दिवस आइरहन्छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको हुन्छ । आज पनि नेताहरुले मजदुरहरुलाई सपना नै बाँडिहेका छन् । त्यसो त मजदुरहरु नै पनि हामी संसारका मजदुर एक हौं भन्छन् । तर आज उनीहरुले विभिन्न कित्तामा विभाजित भएर मजदुर दिवस मनाइरहेका छन् । यसरी कित्ता–कित्तामा विभाजित हुनुको पछाडीका प्रेरणाका स्रोत भनेको नेताहरु नै हुन् । यसमा विशेषगरी दाहाल सरले कवितामा उल्लेख गरे झैं साम्यवादीका ठेकेदार भनाउँदाहरु जसले आफूलाई कुनै पनि कोणबाट साम्यवादी हुँ भनेर चिनाउँछन् । तर, उनीहरु नै आज सामन्ती संस्कारका रुपमा परिचित बन्न पुगेका छन् । काखा र पाखा गर्दछन् ।

वर्गविहीन समाजको परिकल्पना गर्ने उनीहरु नै वर्ग स्थापित गर्नका लागि रस्साकस्सी खेल्दछन् । श्रमको मूल्य तोक्ने उनीहरु नै श्रमको मूल्य के हो भन्ने कुरा बुझ्दैनन् । आप्mनो पसिनाको मूल्य तोक्ने उनीहरु अरुको पसिनाको मूल्य भने तोक्न पनि सक्दैनन् । शोषण त गर्छन् नै । अरुलाई अतिवादीको रुपमा देख्ने उनीहरुका आँखाहरुले आफ्नै आङ्गको भैंसी देख्दैनन् । फलस्वरुप अतिवादको भाषामा आफैले आफैद्वारा फसाइएको पनि थाह पाउँदैनन् । वास्तविक अवस्था त यही न हो भन्ने दृष्टान्त दाहाल सरको ‘यथार्थ’कवितामा रहेको मैल पाएँ । जो पछिल्ला दिनमा आएर अझ सत्य सावित हुनका साथै व्यवहारमा समेत परिणत भएका छन् । हिजोका दिनमा उनीहरुसँगै हिँड्ने उनका हस्तीहरु आज उनीहरुकै भरिया, हली, चप्रासी र चाकरी गर्ने भएका छन् ।

दाहल सरसँगको मेरो सामिप्यता २०२६ सालदेखि नै भएको हो । जुनबेला म पहाडबाट आएर कक्षा ८ मा शनिश्चरे माविमा भर्ना भएको थिए । उहाँ नेपाली पढाउनु हुन्थ्यो । सरल मृदुभाषी दहाल सरले लाग्छ आफ्नो जीवनभरी कुनै पनि विद्यार्थीलाई एक थप्पड पनि हान्नु भएन होला । जबकि त्यो समय भनेको दण्ड दिएर नै शिक्षण गर्ने परम्परा थियो । आजभोलि जुन दण्डविहीन शिक्षण सिकाइ भन्ने अभियान चलेको छ । त्यो दाहाल सरबाट २००५ सालबाट नै लागू भएको पाइन्छ । यसपछिको मेरो सामिप्यता वि.सं.२०३५ सालदेखि २०४१ सालसम्म शनिश्चरे माविमा शिक्षक स्टाफका रुपमा रह्यो । यसकारणले गर्दा पनि हामी एकअर्काका बीचमा गुरू–चेला, शिक्षक–भाइका रुपमा नजिक हुन पुग्यौं ।

उहाँ बित्नुभन्दा करिब एक महिनाअघि मैले दाजु शिवप्रसादलाई घरमै गएर भेट गरेको थिए । यसभन्दा अघि शिवप्रसाद दहाललाई भेट्न घर पुग्नु पर्दैन थियो । उहाँलाई बिहान ६.०० बजेदेखि नै बजारमा कहिँकतै हिँडीरहेको अवस्थामा भेटिन्थ्यो । बेलुकी ४÷५ बजेतिर पनि हातमा सब्जी बोकेर हिँडीरहेको अवस्थामा बजारमा नै भेटिन्थ्यो । तर, पछिल्लो दिनमा यो क्रममा कमी आएकाले म घरमै भेट्न पुगेको रहेछु । झण्डै ४०÷४५ मिनेट जस्तो उहाँको समिपमा रहे । विगतका कुरा उठाए । स्मरण शक्तिमा कुनै कमि भएको महशुस गरिनँ । खुशी हुनुभयो भेट्न गएकोमा । ‘तेरो कलम राम्रै चल्छ । न छोड, आजभोलि अलिक कमि आएको छ ।’ लेखन कै कुरा उठाउनुभयो । मैले फुर्सद निकाल्न नसकेर हो भनेर स्पष्टीकरण पेश गरे । मलाइ प्रेरित गर्नुभयो । उनै प्रेणाका स्रोत झापामा दहाल सरको नामबाट परिचित व्यक्तित्व आज हाम्रासामु हुनुहुन्न ।

राणाकालीन समयमा स्थापना भएको शनिश्चरे प्राथमिक पाठशाला (२००५)बाट आफ्नो शिक्षण पेशा शुरु गर्नुभएका दहाल सरले त्यही विद्यालयबाट एसएलसी दिनुभइ शनिश्चरे माविको पहिलो एसएलसी पास गर्ने विद्यार्थीका रुपमा समेत इतिहास रच्नु भएको छ । उनै दहाल सरको शनिश्चरे माध्यमिक विद्यालय पूर्व विद्यार्थी समिति एसएलसी २०४७ समूहद्वारा यस माविका संस्थापक प्रधानाध्यापक श्री शिवप्रसाद दहालको शालिक निर्माण गरी अनावरण गर्ने कुराले हामी सम्पूर्ण पूर्व विद्यार्थीहरु हर्षले विभोर भएका छांै । यो कार्य धेरैअघि नै हुनुपथ्र्यो, एसएलसी समूह २०३८ ले एकपटक यो विषय उठाएको पनि थियो । तर, यो कार्य एसएलसी २०४७ ले सम्पन्न गर्न लागेकोमा उक्त समूहलाई धन्यवाद दिनुका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अन्त्यमा स्व. शिवप्रसाद दहाल प्रति श्रद्धासुमन व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here