प्रकाशचन्द्र खनाल,
आफैं विपद् निम्त्याउने / हे अविवेकी मान्छेहरू हो
मलाई निष्ठुरीको दाग लगाउने हे नराधमहरू हो
मलाई दयाहीन र कुरको बिल्ला भिराउने महाशय
प्रकृतिको सृष्टि पहिलो कि मान्छेको
म जो थिएँ, त्यही छु, जहाँ थिएँ त्यही छु
जसरी चल्थेँ त्यसरी नै चलेको छु
तिमी समुन थुनेर बस्ती बसाल्छौ
खोला थुनेर घर बनाउँछौ ।
मेरो थुम्काथुम्की मासेर मैदान पार्छ
मलाई चकनाचुर पारेर वातावरण बिगार्छ
धुलो, धुँवाले मलाई अस्तव्यस्त बनाउँछौ
मेरो हरियाली वस्त्र उतारेर नाङ्गै बनाउँछौ
मेरो स्वतन्त्र मार्गमा बार बा¥यौ, पर्खाल लगायौ
बर्षौंबर्ष मैले जरो गाडेको ठाउँमा
ढुङ्गारुपी हाड निकाल्यौ,
मेरो शरीरलाई थिलथिलो बनायौ
लथालिङ्ग र भताभुङ्ग पा¥यौ
मेरो स्वतन्त्रतामा हस्तक्षेप गरेर विपद् निम्त्यायौ
क्षणिक स्वार्थ भिर, पाखा र किनारमा घर बनायौ
मलाई बलात्कार गरेर निर्ममतापूर्ण व्यवहार ग¥यौ
मेरो शरीरका ढुङ्गा, बालुवा र प्रस्तर रुपी
नशा–नशाहरूलाई तातो झिरले रोप्ने काम ग¥यौ
मेरो बासस्थान उजाड बनाएर
पाषाणपथ भत्काएर, शिलाघर तोडेर
डाक्टर, वैद्य र विज्ञको परामर्श बिना नै
मलाई कृत्रिमताको राँको झोसेर
तिम्रै राक्षसी रुपको परिणामले
मलाई रौद्र रुप लिन बाध्य तुल्यायौ
तिम्रै कारणले अब मान्छे तिम्रै अदूरदर्शिताले
ओजोनमा नै प्वाल पर्न आँटी सकेको थाहा छ
यो सृष्टिको अदम्य उपहार अझै बिग्रिएको छैन
यो त घच्घच्याएको मात्र हो, चेतना भया
अब धर्तीको आयु नघटाऊ, विपद् ननिम्त्याऊ
छातीमा हात राखेर टाउको कन्याउँदै
आफ्ना अघि र पछिका सात पुस्ता सम्झँदै
घोरिएर दुई थोपा आँशु झारेर
आँखा चिम्लेर, मट्टी छोएर, कसम खाएर
यो विपद् निम्त्याउने को हो त
मलाई यस्तै–यस्तै सास्ती दिइरह्यौ भने
म फेरि रणचण्डी भएर विकराल रुपले
तिम्रो औगातभन्दा धेरै पर भएर
आउने छु, तिम्रो अस्तित्व मेटिएला
बेलैमा सचेत बन मान्छे, म तिम्रो सहयात्री बन्न पाऊँ
तिमी र म माटो र ढुङ्गा भएर, हातेमालो गरेर
नङ र मासु भएर, मुटु र शरीर भएर
युगौंयुग बाचौं, नाचौं हाँसौ, रमाऔं
देनपा–४, मंगलबारे इलाम

























