
बिरक्त लाग्दछ जिन्दगी
उराठ लाग्दछ जीवन
जति नै संघर्ष गरे पनि
हारैहारमा उनिएको छ जीवन
कस्तो होला भाग्य विधाता
सधैँभरि दुःख मात्र दिने
हाँसो, खुशी छैन जीवनमा
सधैँभरि रोदन मात्र दिने
अनेक संघर्ष गरे पनि
सफलता हासिल गर्न सकिनँ
हारैहारको जिन्दगीमा
सुखले बाँच्न सकिनँ ।
मेचीनगर–१२, झापा

























