
नगरपालिकाको सूचना बोर्डमा आज एक अनौठो सूचना टाँसियो–
‘आजदेखि सबै वाक्य पूर्णविराम बिना लेख्नुस’
सूचना पढ्ने बित्तिकै मानिसहरू जहरी हावा चले झैं असमञ्जसमा परे । कार्यालयका कर्मचारीहरू कागज–कलम लिएर नोट बनाउन थाले, तर वाक्य कहाँ सकिन्छ ? कहाँ टुट्छ ? कसैमालाइ थाहा रहेन ।
मुख्य प्रशासक गम्भीर आवाजमा बोले– ‘अबदेखि तपाईंहरूले कुनै पनि पत्र, निवेदन वा उजुरीमा पूर्णविराम राख्न पाउने छैन’
उहाँको बोलीमा पनि पूर्णविराम हराएको थियो ।
सहरमा अचम्मका घटना हुन थाले ।
कसैले उजुरी लेख्यो– ‘मेरो कुकुर हराएको छ कृपया सहयोग गरिदिनुहोला’
कसैले प्रेमपत्र लेख्यो– ‘तिमीलाई धेरै माया गर्छु तर भनौँ भने लाज लाग्यो’
दुबैले पढ्ने बित्तिकै अर्थ बद्लिन थाल्यो ।
न माया स्पष्ट, न उजुरी साँचो ।
विद्यालयमा शिक्षकले बच्चालाई निबन्ध लेख्न लगाए, तर निबन्ध एकै सासमा लेखिएको धुन झैं देखिन थाल्यो ।
छात्राहरू ढाड दुखे झैं उफ्रिदै भने– ‘सर, पूर्णविराम नभएपछि त निबन्ध होइन, स्यास फेर्न नपाइने दण्ड जस्तै भयो !’
अन्ततः एक वृद्ध दाजुले नगरपालिकामा गुनासो लिएर आए–
‘बाबु, यो सूचना गलत हो । जीवनमा पनि पूर्णविराम चाहिन्छ । कथा समाप्त गर्न, झगडा रोक्न, नयाँ शुरु गर्न । लेखाइमा मात्रै होइन, मनमा पनि ।’
उनको कुरा सुनेपछि सबै चुप भए ।
एक कर्मचारीले बिस्तारै बोर्डबाट सूचना झिके र नयाँ सूचना टाँसे–
‘प्रत्येक कुरा समाप्त हुन पाउँदा मात्रै सुन्दर हुन्छ । पूर्णविराम आवश्यक छ ।’
शहरले सास फे¥यो ।
वाक्यहरू फेरि शान्त, अर्थहरू फेरि स्पष्ट ।
र कहानी– अन्ततः पूर्णविरामसहित पूर्ण भयो ।


























