वीरता जेसीजको जेसीज सप्ताह सम्पन्न

0
72

बिर्तामोड ।

झापाका विभिन्न स्थानमा फरक–फरक कार्यक्रमहरु गर्दै वीरता जेसीजले जेसीज सप्ताह सम्पन्न गरेको छ ।

गत काक्तिक २८ गतेबाट शुरु भएको जेसीज सप्ताह आज सम्पन्न भएको हो । वीरता जेसीजले जेसीज सप्ताहमा पूर्व अध्यक्षसंग अन्तरक्रिया, पौष्टिक आहार वितरण, ट्राफिक सचेतान कार्यक्रम, पौडी प्रतियोगिता, साइबर अपराध सम्बन्धि सचेताना, मैत्री पूर्ण फुटसल र लागू औषध र्दुव्यसन विरुद्ध आमाको भूमिका विषयक कार्यक्रम गर्दै जेसीज सप्ताह सम्पन्न गरेको हो ।

वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा छठ सेवा समिति झापाकी अधयक्ष संगीता रौनियार, वीरता जेसीजका पूर्व अध्यक्ष एवम् पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, वीरता जेसीजका पूर्व अध्यक्ष एवम् पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, इलाम–झापा मैत्री समाजका अध्यक्ष तिलोत्तमा खत्री, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली, विर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी संघकी अध्यक्ष राधिका चुडाल, मिसा पुच बिर्तामोडकी अध्यक्ष निलम प्रधान, इनरह्वील क्लब बिर्तामोडकी अध्यक्ष लुना बस्नेत, छठ महिला मञ्चकी अध्यक्ष निशा गुप्ता, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, लाइन्स क्लब अफ स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती, महिला उद्यमी संघ झापाकी वरिष्ठ उपाध्यक्ष युनिता दवाडी, लाइन्स क्लब अफ स्मार्ट लेडीका पूर्व अध्यक्ष इन्दिरा खरेल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा लागू औषध नियन्त्रणका साथै र्दुव्यसनीबाट कसरी आमाले जोगाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण जीवन भण्डारी र लीला अनमोलले गरेका थिए ।

जेसीज सप्ताह समापन कार्यक्रममा अस्था बाचन कानुनी सल्लाहकार अम्मरजीत साहले गरेका थिए भने कार्यक्रमको संयोजन कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठले गरेका थिए । मिसन भिजन जुनीयर जेसीजकी निसिम थाम्सुहाङले गरेको कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here