जवरजस्तीकरणी मुद्दाका फरार अन्जारुलद्वारा आत्मसमपर्ण

0
48

झापा,

जवरजस्ती करणी मुद्धाका फरार एक व्यक्तिले आत्मसमपर्ण गरेका छन् । जिल्ला अदालत झापाको २०८० साल पुस १ गतेको फैसलामा दोषी ठहरिएका अन्जारुल मियाले जिल्ला प्रहरी कार्यँलय झापामा आत्मसमर्पण गरेका हुन् ।

कचनकवल गाउँपालिका–५ निवासी २८ वर्षीय मिया जवरजस्तीकरणी मुद्दामा १५ हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको थियो ।

अदालतको फैसलापछि फरार रहेका उनले जिल्ला प्रहरी कार्यालय झापामा आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रतिवादीलाई थप कारवाहीका लागि झापा जिल्ला कारागारमा चलान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here