बाह्रदशी–२ मा गाँजा फडानी, २१२ बोट नष्ट

0
40

झापा, झापाको बाह्रदशी गाउँपालिका–२ खाडी बस्तीमा लगाइएको ठूलो परिमाणको गाँजा खेती प्रहरीले फडानी गरेको छ ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीको टोलीले २१२ वटा गाँजा नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवश कुमार कार्कीको नेतृत्वमा गएको सात जनाको टोलीले गाँजा नष्ट गरेको थियो ।
धनकुट्टा, भोजपुर लगायतका पहाडी जिल्लामा गरिने गाँजा खेती पछिल्लो समय झापाको ग्रामीण क्षेत्रमा समेत गर्न थालिएसंगै प्रहरीले निगरानी बढाएको जनाएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here