झापा, झापाको बिर्तामोडमा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका–३ सैनिक मोड क्षेत्रमा गस्ती गरिरहेको प्रहरीको टोलीले ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो ।
उनको साथबाट कालो प्लाष्टिकमा पोका पारिएको अवस्थामा ब्राउन सुगर भेटिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट ४ ग्राम ब्राउनसुगर वरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै उनको साथबाट नेपाली नगद ८२० र भारतीय रुपैयाँ २ हजार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिए । राजवंशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।




























