झापा, रोर्याक्ट क्लब अफ बिर्तामोडले मेन्टल हेल्थ अवेयरनेस कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडस्थित निधि कलेजमा कार्यक्रम आयोजना गरिएको हो । युवाबीच मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । च्याट युवा फ्रन्टका अध्यक्ष अमरजित साह र निधि कलेजका प्रमुख रञ्जित कुमार साह विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा प्रशिक्षक डा जेनी मण्डलले मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । उनले तनाव व्यवस्थापन, भावनात्मक स्वास्थ्य र युवाहरूले अपनाउन सक्ने सकारात्मक व्यवहारगत परिवर्तनका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्वागत लक्ष्मीनारायण साहले गरेको कार्यक्रममा अतिथिहरुले तनाव व्यवस्थापन, भावनात्मक स्वास्थ्य र युवाहरूले अपनाउन सक्ने सकारात्मक व्यवहारगत परिवर्तनका विषयमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यत्रलमको सञ्चालन कुशल अधिकारीले गरेका थिए भने रोर्याक्ट क्लबका अध्यक्ष सुशील थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।































