डोरीतानको उपाधि गौरादहलाई

0
42

झापा ,  जिल्लास्तरीय दोस्रो डोरीतान  प्रतियोगितामा गौरादह नगरपालिकाले विजेता बनेको छ। फाइनल खेलमा वुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै गौरादहले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको हो।

हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीस्थित मोति आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा गौरादहले दमदार प्रदर्शन गर्दै अन्तिम क्षणसम्म खेलमा आफ्नो पकड कायम राखेको थियो। उपविजेता वुद्धशान्तिले भने ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो।

जिल्ला डोरीतान संघ झापा र हल्दीबारी जेसीजको संयुक्त आयोजनामा गरिएको प्रतियोगितामा झापाका तीन विभागीय टिमसहित ११ टिमले प्रतिस्पर्धा गरेका थिए। खेलले स्थानीयको उल्लेख्य आकर्षण पाएको थियो।

समापन तथा पुरस्कार वितरण कार्यक्रम कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनमहेन्द्र, वडा नम्बर ५ का अध्यक्ष खड्कलावतीलगायत विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी, खेलाडी तथा जेसीजका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रम डोरीतान संघ झापाकी अध्यक्ष युनिता दवाडी भट्टराईको अध्यक्षतामा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here