इलाममा ब्राउनसुगरसहित चार जना पक्राउ

0
171

झापा, इलाममा करिब आठ ग्राम ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा इलाम नगरपालिका–७ का २१ वर्षीय छिरिङ दोर्जे लामा, इलाम–६ का ३५ वर्षीय केशब दाहाल, त्यही वडाका २७ वर्षीय मौसम राई, र इलाम–५ का २३ वर्षीय सौरभ लुङ्गेली मगर रहेका छन्।

प्रहरीका अनुसार लामाकाे साथबाट ८.०७० ग्राम ब्राउनसुगर र नगद ६९ हजार ४०० रुपैयाँ बरामद गरिएको थियो।

पक्राउ परेका चारै जनामाथि इलाम जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here