थ्रेसर बनाउने क्रममा युवा घाइते

0
46

झापा, झापाको शिवसताक्षी नगरपालिका–९ चौधरी टोलका २२ वर्षीय ङभी जम परियार थ्रेसर बनाउने क्रममा घाइते भएका छन्।
हिजो दिउँसो करिब ३ बजे थ्रेसरको बनेट झर्दा उनको बायाँ खुट्टा चोट लागेको प्रहरीले जनाएको छ।

परियारलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको र अवस्था सामान्य रहेको अस्पताल स्रोतको भनाइ छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझलेका प्रहरी सहायक निरीक्षक गंगा राईको कमान्डमा टोली खटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here