झापा, अर्जुनधारा नगरपालिका–६ पूर्वेलीटोलमा ट्रस राख्ने क्रममा करेन्ट लागेर एक युवक घाइते भएका छन्।
शुक्रबार दिउँसो ४ बजे दिपक बिकका २३ वर्षीय छोरा पर्वत बिक करेन्ट लागेर घरबाट खस्दा घाइते भएका हुन्।
बिकको टाउको र बायाँ पाखुरामा चोट लागेको र उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
उनीलाई तत्काल उद्धार गरी बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






























