अनुभूति

0
23


महशुस गरेर हेर्छु
मेरो यही आत्माभित्र
म कति आनन्दित हुन्छु
प्रफुल्ल हुँदै आत्माको नजिक पुग्छु
सक्तिन कहिल्यै क्रोधमा गर्न काम
मेरो आत्माको अनुरागी बनेर
नल्याउ ती कुराहरु जसले
मेरो मनलाई ठेस पु¥याउँछ
चाहन्छु म सधैँभरि
देशमा शान्ति कायम होस र
मानव सेवामा जीवन समर्पण गरुँ
जताततै हिंसा दन्कीरहेको छ
छैन कसैको हृदयभित्र
भावना र करुणा त्यसैले त आज म
शान्तिको मार्ग हिँडीरहेको छु
महान उद्देश्य बोकेर
समस्त जिवात्मालाई साक्षी राखेर
बैसु धैव कुटुम्वकम् भन्दै
समाजसेवा गर्न चाहन्छु
आज यही आत्माको
नजिक पुगेर भनिरहेको छु
जेलिएको छु अन्त्यहिन संघर्षबाट
मेरो अन्त्यहिन उकुसमुकुस रहेका
मेरो सपनाहरू
सक्दिनँ अरुलाई सुनाउन
त्यसैले आज म भनिरहेको छु
यही नै मेरो आत्माभित्रको अनुभूति हो ।

सिंहदरबार रातभर जलिरह्यो
पूर्णचन्द्र विवश
रक्तायाम्म कुरुक्षेत्रमा
अर्जुनको वाणैवाणको मृत्यु शय्यामा
रगतपच्छे भएर पीडाले छट्पटिएको
महान योद्धा भिष्मपितामह वाणको जलनले
रातभरि जलिरहे झैं
कठै ! मेरो सिंहदरबार रातभरि जलिरह्यो !

भिष्म पितामह त
असतमा लागेका कौरवको नुन खाएर दोषी थिए,
तर कठै ! विरासत बोकेको
सिंहदरबारको के दोष थियो ?
नालापानीको युद्धमा
शत्रुको गोलावारुदको आगोले
रातभर नालापानी किल्ला जलिरहे झैं
कठै ! सिंहदरबार रातभर जलिरह्यो !

नालापानी किल्ला त
शत्रुको गोलावारुदले रातभरि जलिरहेको थियो
तर, नेपालको मुटु तुल्य सिंहदरबार
नेपालीले नै जलाए
सिंहदरवारको के दोष थियो ?
कठै ! सिंहदरबारको के दोष थियो ?

रोयेङ्गा मुस्लिमलाई
झुप्राहरुमा अर्को धार्मिक सम्प्रदायले जलाउँदा
उनीहरुको शरीर जीउँदै रातभरि जलिरहे झंै
मेरो सिंहदरबार रातभरि जलिरह्यो !
रोयेङ्गाहरु त साम्प्रदायिक विवादमा परेका थिए
तर कठै ! सिंहदरबारको के दोष थियो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here