म ढुकुर…

0
26

आजभन्दा करिब २०–२१ दिन अघिबाट म र मेरो जोडी खरे ढुकुर एउटा उचित बासको खोजीमा हिँडेका थियांै । धेरै ठाउँ भौतारिँदा–भौतारिँदा बल्ल यहाँ बस्न सहज भयो । यो घर सुबेदीको हो । म बिर्तामोडमा बसेको हँु । मेरा अनगिन्ति उडानहरु पार गर्दै अब बस्नलाई एउटा सुरक्षित स्थान पाएँ । यहाँ मैले मेरो परिवार बिस्तार गर्नुछ । अण्डा कोरल्नु छ अनि चल्ला हुर्काउनु छ ।
खरे ढुकुर र म भुइँमा छरिएका पात, पतिंगर, घु¥यान, छेस्का आदि भेला पार्दै ओसार्न थाल्यौं । बासस्थान भएको ठाउँमा साहुनीको भाडा माझ्ने स्थान छ । भाडाकुडा माझेर राख्न बनाइएको ¥याकमा सबैभन्दा माथिल्लो भागमा म र खरेले पात, छेस्का आदि ओसारेर राख्दैछौं । यहाँ डर पनि लागि रहेको छ कतै साहुनी निर्दयी बनेर हामीले मेहनत गरेको गुड भत्काइदिने पो हो कि ? कतै भाडा ठटाएर हामीलाई खेदाउने पो हो कि ?

मनमा अनेकन डर राखेर हामी लुकीछिपी हाम्रो सानो घर बनाउन थाल्यौं । घर बनाउन पोख्त खरेले मलाई आधुनिक डिजाइनमा गुड बनाउने सुनायो । ऊ बिस्तारै आफ्नो चोसोले सिन्का–पात–पतंगर आदि च्याप्दै बुट्टेदार आँखीझ्याल भएको गुड बनाउँदो भयो । म मख्ख पर्दै उसको सहायक बनि उसको अदभूत कलामा मोहित बनि रहेँ । ओहो ! मेरो प्यारो खरे मलाई कति माया गर्छ । खाना खोजी ल्याउने कहिले राम्रो चारो वा शिकार पाउँदा उडाएर खुवाउन लैजाने सबै उसैले गर्छ । कति धेरै याद गर्छ । ऊ आफ्नो पखेटा फर्फराउँदै तल खेतमा गएर फेरि सुकेका साना सिन्का ठुटा मुखले च्याप्दै उडेर ल्याउँदा कति साहसी देखिन्छ । ऊ आफैमा अदभूत छ । म मोहित छु मेरो खरेमा ।

दुई दिनको अथक मेहनतपछि बल्ल हाम्रो सुन्दर घर निर्माण पूरा भयो । मलाई खरेले मुखमा मुख जोड्दै राम्ररी बस्न अनि न आत्तिन भन्यो । म ऊ सँग टाढिएर बस्नु छ अलिक समय एक्लै बस्नुछ । ऊ मेरो वरिपरि भए पनि अण्डा पार्न, कोरल्न अनि चल्ला हुर्काउन हामी अलग्गिनुछ । मन एकै ठाउँमा भए पनि समयको मागलाई महŒव दिँदै एकअर्का प्रति अझ जिम्मेवार एवम् भावनात्मक बन्नुछ । ऊ त्यसपछि उड्यो अनि म अण्डा निकाल्न बसेँ ।

यस सुबेदीको घरमा धेरै सदस्य रहेछन् । यहाँको ठूलो छोरालाई उसकी आमाले गुड्डु भन्दै बोलाउँदी रहिछन् । अनि सानोलाई साने । म पनि आफ्नो सन्तानको यस्तै छोटो अनि मिठो नाम राख्छु । एकदिन चुपचाप बसिरहँदा मलाई गुड्डुले देख्यो । ऊ औलाले देखाउँदै म तिर भन्यो– ‘ए ढुकुर बस्यो पापा यहाँ नेस्ट बनाएछ ।’ उसले देख्दा मेरो सातो उड्यो । म अण्डा पारीसकेकी थिएँ त्यसैले हतार–हतार त्यहाँबाट उडेँ । खरे नि आत्तियो कुरा सुनेर ‘लौ न हाम्रो सपनाको घर भत्काइ दिने पो हुन कि ?’
म निराश अनि स्तब्ध हँुदै ‘खै’ भने ।

खरेको घाँटीमा मेरो चोसो पार्दै विक्षिप्त बनेकी म आफैंमा साहस जुटाई भगवानसँग प्रार्थना गर्दै थिएँ । हे भगवान मेरो यो घर नभत्कियोस् । मेरो अण्डा नफ्यालुन् । म निकै डराएकी छु किनकि यसअघि पनि तीन परिवारका घरमा गुड बनाउँदँ सबैले हामीलाई खेदो खने । खरेलाई झण्डै समातेर चोटिल बनाएको थियो । उसलाई र मलाई त शिकार बनाएर खान एक स्थानमा निकै जाल बुनेका थिए ।

यो घर पनि बा यस्तै पर्ने पो हो कि ? खै अब जस्तो भए नि आफ्नो भाग्य । भाग्य रहुञ्जेल आशा मार्न भएन । खरे र म सबै बत्ति राति बन्द भएपछि बल्ल गुडमा पुग्यौं अनि बस्यौं । रात अनेक त्रासपूर्ण अवस्थामा बित्यो । बिहानीको घामको किरण मेरो आँखामा पर्दा म रात अनिँदो बिताएको बल्ल थाहा पाएँ । बिहान साहुनीको भान्साको चटरो शुरु भयो । गुड्डु त्यसैबेला ढोका खोली एउटा लठ्ठी लिएर आयो । म त्रसित भएर भाग्न खोजेँ । तर सम्झिएँ यो अवस्थामा मेर नकोरलिएका बच्चाको के दोष ? म उड्डिन आज । कति भाग्नु कति डराउनु जेसुकै होस म यहाँ स्थिर बस्छु ।

गुड्डु मलाई एकोहोरो हेरिरहेको थियो अनि ऊ मुसुक्क हाँस्यो । मैले थाहा पाएँ ऊ त मायाले हेरेको रहेछ मलाई । त्यसपछि उसका पापा, आमा, साने, बुवा, मामु सबले एक–एक गर्दै मलाइ हेर्नुभयो । म मायालु भावमा सबैमा बिन्ति गर्दै थिए । मलाई आश्रय दिनु कृपया मलाई नभगाउनु । अनौठो भयो सबैले मेरो मनका कुरा सुनेछन् क्यार । म प्रति मायाको भाव देखाउँदै गुड्डुलाई उसको आमा सम्झाउँदै भन्न थालिन्– ‘बाबु लट्ठि नदेखाउ तिमीलाई जन्माउँदा जस्तो अवस्थामा म थिएँ ऊ अहिले त्यहि अवस्थामा छे । उसको नि बेबी हुन्छ । उसको नि परिवार हुन्छ ।’

आमाले भनेको सुन्न साथ गुड्डुले लाठी फ्याल्यो अनि बेला–बेला आउँदै मलाई नियाल्न थाल्यो । उसको हजुरबुवा पनि मेरो हेरविचार दैनिक गर्न थाल्नु भयो । म र खरे खुशी भयौं, रमायौं । बल्ल हामी सही घरमा रहेछौं । यहाँ सुरक्षित छौं । अब कुनै चिन्ता छैन खरे मलाई सम्झाउँदै थियो । ऊ भन्दै थियो यहाँ खाना खाएपछि यहाँको बुवामाथि कौशीमा खाना राख्दिनु हुन्छ म त्यहिँ च्याप्दै दैनिक तिमीलाई खुवाउँदैछु । आधा आहार त यही घरमा पाइन्छ आधा म व्यवस्थापन गर्न अलि पर–पर उड्नुपर्छ । दुईवटा अण्डा पारेकी म फुरुङ्ग हँुदै बेला–बेला खरेसँग यताउता डुल्न थालेँ ।

एकदिन गुडमा बसिरहँदा म बाहिरको दृश्य नियालिरहेकी थिएँ । पूर्वतर्फको चिसो–चिसो हावा चलिरहँदा मलाई आफू सुरक्षित र मनमोहक स्थानमा घर बनाएकोमा खुशी महशुस गर्दै थिएँ । एक्कासी कालो बादलले ठूलो पानी पर्ने संकेत दियो । म निर्भिक भएर अण्डा कोरल्न बसेकी थिएँ । त्यो पानी पर्न लाग्दा साहुनी सल्लाह गर्दै थिइन् मलाई हेर्दै साहुजीलाई भनिन्– ‘बिचरा पानी पर्न लाग्यो ढुकुरलाई पूर्व गृलमा पानी रोक्न केही लाइदिउ कि ?’

साहुजी जवाफ दिँदा भए– ‘कुरा ठिक हो, तर हामीले घेरबार गर्दिदाँ भरे ठाउँ छाडेर ढुकुर उढेर जाने पो हो कि ? कृत्रिम बनाउन ठिक होइन । उसले आफूलाई सुरक्षित राख्न प्रकृतिले नै शक्ति दिएको हुन्छ ।’ मलाई राखिदिनु केही भन्न मन थियो, तर म चरोको भाषा र व्यथा कसले बुझिदियोस् ?

रातिको पानीले मलाई निथ्रुक्क भिजायो । राति म खरेसँग न्यानो हुन उडे अण्डा सुरक्षित गुडमा छाडेर । म बिहानी पख घर फर्किएँ । ओहो मेरो आँखा रसाएँ । आशुको समुद्र बगाएँ । यताउता भौतारिँदै उडे । खरे मेरो आवाज सुनेर उडेर आयो । ऊ पनि विक्षिप्त भयो । हामी एकअर्काको सहारा बनाई माथि रेलिङ्गमा बस्यौं । हामी निराश बन्यौं यही कालो बादलले हाम्रो खुशी लुटिदियो । हाम्रो अण्डा खै केले खाइ दियो बचेका केही अंश मात्र त्यहाँ थियो । भावुक मेरो मन कति पिरोलियो कति रोएँ ।

मलाई खरेले मन शान्त पार्न दिनभर छाडेनँ । म ऊ सँग टोलाएर यताउति उडिरहेँ । खान मन लागेन ध्यान त्यहि घरमा थियो । कस्तो निर्दयी खानेलाई कहिले सुख नहोस् । मैले दिउसोको घटना सम्झिएँ काग यताउति उडिरहेको थियो । बिरालो पनि एक–दुई पटक भाडा माझ्ने स्थानमा आएको थियो । खै कसले हाम्रो खुशी लुट्यो । सायद म खरेसँग नगएकी भए आज ती अण्डा सुरक्षित हुने थियो । मेरै गल्ती हो, मैले गुड छाड्न हुने थिएन । म लाचार भएँ अनि आफैलाई धिक्कारेँ ।

म सुन्दै थिएँ झ्यालको माथि बसेर खोर टोलाइरहँदा गुड्डु बारम्बार आमा–पापा अण्डा छैन भन्दै गरेको । ऊ बच्चालाई के थाहा मेरो पीडा तर ऊ पनि निराश देखियो । घरका सबै सदस्य कुराकानी गर्दै थिए– बिचरा ढुकुरको अण्डा के ले खाई दियो ।

वरिपरि चहार्दै डुल्दै केही दिन बिते । खरेले फेरि मलाई पुनः कोशिस गर्न लाग्यो । म फेरि अण्डा पार्न केही दिनपछि गुडमा फर्किएँ । गुड यतिका दिन सुरक्षित थियो, तर साधारण मर्मत गरेर खरेले बस्न लायक बनायो । म विगत सम्झिँदै त्यहाँ बसे । अब म गल्ती दोहो¥याउने छैन । म निरन्तर निगरानी गर्नेछु । खरेले काग र बिरालो बाहिर बसी नजिक आउन नदिने बाचा ग¥यो । म अशान्त मनलाई शान्त पार्दै अण्डा पार्न बसेँ ।

सबै परिवारका आएर मलाई हेर्दो भए । उनीहरुको माया म महशुस गर्न सक्थे अनि मेरो पीडा बुझेर उनीहरु मलाई झन् माया गर्न थाले । यसरी दुई दिन निरन्तर बसेपछि म अण्डा पार्न सफल भएँ । दिनरात न भनि म निरन्तर बसिरहेँ । साहुजी मेरो फोटो खिचेर बारम्बार केही सोच्दै थिए । म एकोहोरो टोलाएको उनी महशुस गर्न सक्थे सायद । तीन–चार दिनसम्म म एकतर्फि फर्किएर बसिरहेँ । म अडिग बनिरहँे । खरे मलाई बारम्बार याद गरिरह्यो । ऊ खाना अनि अन्य आवश्यकता पूर्ण गर्न ब्यस्त रह्यो । जोडी ढुकुरको माया यो संसारलाई थाहा छ । हामी अण्डा कोरली चल्ला निकाल्न आतुर थियौँ ।
करिब १८ दिन मैल गुड छाडिनँ । उड्न मन लाग्दा पनि पुरानो डरले उड्न सकिनँ । कहिकतै केही नराम्रो भए धेरै पछुताउनुपर्ने हुन्छ । मलाई चर्को घामले सतायो, हावाले हैरान पा¥यो, पानीले धेरै भिजायो तर म निरन्तर सगरमाथा झैं अटल बनि बसिरहेँ । परिवारको आवश्यकता र सुरक्षा आमा बनेर म कसरी गर्न सक्छु मलाई अद्भुत शक्ति आएको थियो । म महशुस गर्न सकिरहेको थिएँ ।

संघर्ष धेरै गरे अनि चल्ला निस्कियो । खरे पखेटा फरफराउँदै खुशीले आकाश छुन उड्यो । अनि आएर चल्ला हेर्दै गद्गद् खुशी भयो । अंकमाल ग¥यौ अनि लामो श्वास फे¥यौ हामी दुबैले । अब केही दिन चल्ला याद गर्ने जिम्मेवारी बढ्यो । म र खरे पालैपालो उडेर चारो ल्याउँदै चल्लालाई खुवाउँदै ग¥यौँ । म यही परिवारको सदस्यको नाम झैं सानो बोलाउने नाम राखे ‘गुड्डु र साने’ । यो घरले आरक्षण दिएर पाएको सुन्दर उपहार हुन मेरो बच्चाहरु ।

सुवेदी परिवारका सबै सदस्य खुशी भए अनि गुड्डु बारम्बार भन्दै थियो– ‘स्मल बेबी ढुकुर छ दुईवटा आमा ।’ केही दिनपश्चात हामीले चल्ला हुर्कायौँ अनि उड्न तयार बनायौँ । उसको उडानले केही समय संघर्ष गर्दैगर्दा खरेले उड्न ट्रेनिङ दियो । अब गुड्डु र साने उड्न तयार छन् । हामी दुबै सपरिवार बरण्डामा बसेको बेला भेट्न गयौँ । उनीहरु चिया खादै थिएँ । म बसेँ ‘ढुकुरकुर… ढुकुरकुर…’ भन्दै अभिवादन गर्दै आभारी र कृतज्ञ रहेको भन्यौँ ।

साने चप्पल बोक्दै आयो । भाग…हामी उसको बालापनमा रमाउँदै उड्यौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here