ट्रक र स्कुटर ठोक्किदा इलाममा दुई जनाको मृत्यु

0
82

झापा । इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेची राजमार्गमा आज दिउँसो ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालक इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेविट थापा मगर र पछाडिबाट सवार माईजोगमाई गाउँपालिका–१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पा गम्भीर घाइते भएका थिए।
उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएको थियो। तर उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रकका चालक इलाम नगरपालिका–५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिप्रका इलामले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here