मेयर बलदेबको मत ‘बदर’ बनाएपछि विवादका कारण रोकियो झापा २ मा मत गणना

0
603

झापा । नेकपा एमालेको झापा क्षेत्र नं २ मा महाधिवेशन प्रतिनिधि छान्न गरिएको मतदानको मतगणना विवादका कारण स्थगित गरिएको छ। बुधबार राति बिर्तामोड–४ स्थित एमाले जिल्ला पार्टी कार्यालयमा चलिरहेको गणनामा मतका केही बुँदामा छलकपट आरोप लागेपछि प्रक्रिया रोकिएको हो।

अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देन ९तामाङ० को नाममा आएको एक सदर मतलाई बदर गरिएको भन्दै करिब एक दर्जन स्थानीय युवाले आपत्ति जनाएका थिए। उनकै मत अमान्य बनाएर गन्ती नगर्न खोजिएको आरोप लगाउँदै उनीहरूले गणना कक्षमा नै विवाद उतारेपछि प्रक्रिया रोकिएको हो।

बिर्तामोड नगरपालिका–१ देखि ९, अर्जुनधारा नगरपालिका–१ देखि ११ तथा कन्काई नगरपालिका–८ र ९ का मत गनिने क्रममा विवाद उत्पन्न भएको पार्टी स्रोतले जनाएको छ।

आन्तरिक छलफलपछि बिहीबार बिहान बाट पुनः गणना सुरु गर्ने सहमति भएको एमाले झापा–२ का नेताहरूले बताएका छन्। तर, अहिलेसम्म मत गणना शुरु भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here