काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचन आर्थिक अपचलनमा संलग्न रहेको आशंकामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले आइतबार अपरान्ह शेरचनलाई बैंक परिसरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
सीआईबीले शेरचनमाथि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई समावेश गरी सञ्चालित आर्थिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको आधारमा पक्राउ गरिएको जनाएको छ।
९८ करोड ठगीको आरोपपछि घटनाक्रम तिब्र
यसअघि प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ परेका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोपसहित प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले सीआईबीमा जाहेरी दिएकी थिइन्। लामाले आफ्नो नाममा रहेको सम्पत्ति, लगानी र कुनै परियोजनामा प्रयोग हुने रकम हिनामिना भएको दाबी गर्दै विस्तृत छानबिनको माग गरेकी थिइन्।
उनको जाहेरी दर्ता भएको केही दिनमै भट्टचन पक्राउ परे। भट्टचनमाथि प्रारम्भिक बयानसँगै प्रभु बैंक र प्रभु ग्रुपबीचको वित्तीय आवागमन, बैंकिङ प्रक्रियामा पारदर्शिता र निर्णय प्रक्रियामा शेरचनको भूमिका विषयमा गहिरो छानबिन आवश्यक देखिएको सीआईबी स्रोतले जनाएको छ।
बैंक–ग्रुपबीच विवाद चर्किँदै
पछिल्ला महिनामा प्रभु बैंक र प्रभु ग्रुपबीच आन्तरिक व्यवस्थापन विवाद चर्कँदै गएको थियो।
बैंक र ग्रुप नेतृत्वबीच आर्थिक लेनदेन, सेयर स्वामित्व, परियोजना व्यवस्थापन र निर्णयमा शक्तिकेन्द्रित तानातान चलिरहेको थियो।
कुसुम लामा र भट्टचनबीचको विवाद सार्वजनिक भएपछि बैंकको शीर्ष व्यवस्थापनमाथि पनि प्रश्न उठेको थियो।
यही विवादले बैंकको संचालन, ग्रुपका सहायक कम्पनीहरू र वैदेशिक लगानी परियोजनासम्म प्रत्यक्ष असर पारेको स्रोतहरूको दाबी छ।
शेरचनमाथि अनुसन्धान किन ?
सीआईबीका अनुसार भट्टचनले प्रयोग गरेको भनिएको वित्तीय संरचना, खातामा भइरहेको असामान्य चलखेल
बैंक स्तरका अनुमोदन र निर्णय प्रक्रियामा शेरचनको हस्तक्षेप वा संलग्नता
बैंक तथा ग्रुपबीचको लेनदेन नियमविपरीत भएको कि नभएको भन्ने विषयमा शंका उत्पन्न भएपछि सीईओलाई नियन्त्रणमा लिएर सोधपुछ सुरू गरिएको हो।
एक उच्च प्रहरी अधिकारीका अनुसार, ूप्राथमिक प्रमाणका आधारमा शेरचनमाथि बयान लिनु आवश्यक भएकाले पक्राउ गरिएको हो। अनुसन्धानपछि मात्र उनको भूमिका स्पष्ट हुनेछ,ू बताएका छन्।
बैंकको औपचारिक प्रतिक्रिया आउन बाँकी
घटनाबारे प्रभु बैंकले औपचारिक प्रतिक्रिया जारी नगरेको भए पनि बैंकका एक वरिष्ठ अधिकृतले नाम नखुलाइ भन्दै,
बैंक सञ्चालन सामान्य रहेको
सीईओको पक्राउले बैंकिङ सेवामा तत्काल असर नपर्ने
बताएका छन्।
तर वित्तीय क्षेत्रका जानकारहरू भने यस्तो घटनाले लगानीकर्ता, निक्षेपकर्ता र बैंकको प्रतिष्ठामा अस्थिरता ल्याउन सक्ने बताइरहेका छन्।






























