
हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस एचआईभी/एड्स बारे बुझाउने, सचेतना फैलाउने र संक्रमित व्यक्तिहरूलाई समर्थन गर्ने अवसर हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २०२६ का लागि निश्चित नारा शनिबारसम्म सार्वजनिक नगरे पनि धेरै देशहरूले स्थानीय अवस्था अनुसार आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
नेपालले पनि ‘पुनर्विचार, पुनर्निर्माण र जागरण’ भन्ने भावना सँगै एचआईभी नियन्त्रणका गतिविधि अघि बढाइरहेको छ । नेपालले विशेष पुनस्र्थापना र औषधिका वितरणका सेन्टर स्थापना गरेर यसलाई लुकेर बस्न नदिन विशेष कार्यक्रमलाई नियमितता दिएको छ ।
नेपालको सामाजिक, आर्थिक तथा भौगोलिक स्थिति हेर्दा एचआईभी फैलावटका केही प्रमुख कारणहरू स्पष्ट देखिन्छन्– लागूऔषधको बढ्दो प्रयोग, अनियन्त्रित इन्जेक्टेवल लागूऔषधको बिक्री–वितरण, सिरिन्ज सेयरिङ, वैदेशिक रोजगारी, असुरक्षित यौनसम्पर्क तथा सचेतनाको कमी । यी सबैले जोखिम अझै कायम रहेको संकेत दिन्छन् । जबसम्म राज्यका सबै निकाय समस्याहरु बीचको अन्तरसम्बन्धलाई केलाएर विशेष कार्यान्वयन गर्ने गरीको योजनामा समर्पण हँुदैन तबसम्म यस्ता दिवसहरुले सफलता प्राप्त गर्न कठिन हुन्छ ।
के हो त एड्स ?
एचआईभी (हुमन इम्युनोडेफिशियन्सी भाइरस) भन्ने भाइरसले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउने र समयमै उपचार वा सावधानी नअपनाइए यसले एड्स (अक्र्वारिड इम्युनोडेफिशियन्सी सिन्ड्रोम)मा रूप लिन्छ जुन एक अवस्था हो । एड्स आफैंले मार्दैन, तर रोग प्रतिरोधात्मक क्षमता नष्ट भएपछि सामान्य संक्रमण, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता समस्याले गम्भीर अवस्थासम्म पु¥याउँछन् । आजको आधुनिक चिकित्सा विज्ञानले एचआईभीलाई पूर्ण रूपमा निको त बनाएको छैन, तर एआरटी (एन्टिरेट्रोभाइरल थेरापी)को नियमित प्रयोगले संक्रमित व्यक्तिले लामो समयसम्म सामान्य जीवन बाँच्छन् ।
नेपालमा एचआईभी/एड्सको अवस्था
नेपालमा एचआईभी एक ठूलो महामारी त होइन, तर विशेष जोखिम समूह मध्ये संक्रमण दर अझै उच्च छ ।
नेपालमा मुख्य जोखिममा पर्ने समूहहरू
– लागूऔषध प्रयोगकर्ता, विशेषगरी सिरिन्ज प्रयोग गर्ने
– यौन पेशामा संलग्न व्यक्तिहरू
– पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष (एमएसएम)
– वैदेशिक रोजगारीमा गएका अनि फर्कने पुरुष तथा उनीहरूका साथी र परिवार
– किशोर–किशोरीमा बढ्दो जिज्ञासा र असुरक्षित अभ्यास
नेपालमा पछिल्ला वर्षमा लागूऔषधको प्रयोग तीव्ररूपमा बढेको छ । धेरैजसो युवाले एकै सिरिन्ज धेरै जनाले सेयर गर्ने हुँदा संक्रमण दर बढ्ने जोखिम बढी हुन्छ । त्यस्तै विदेशमा गएर असुरक्षित यौन सम्पर्कमा पर्ने र घर फर्केपछि पत्नीमा संक्रमण सारिने सम्भावनालाई पनि चिकित्सकहरूले जोखिमको मुख्य कारणमध्ये एक मान्छन् ।
एचआईभी सर्ने प्रमुख माध्यमहरू
एचआईभी धेरै माध्यमबाट सर्दैन, केही निश्चित तरिकाबाट मात्र सर्छ ।
मुख्य सर्ने तरिका :
– असुरक्षित यौन सम्पर्क
कन्डम व्यवहार नगरी गरिएको यौन सम्पर्क एचआईभी सर्ने सबैभन्दा प्रमुख कारण हो । पुरुष–महिला, पुरुष–पुरुष, महिला–महिला सबै प्रकारका असुरक्षित यौन सम्पर्कमा जोखिम रहन्छ ।
– रगत र रगतजन्य पदार्थ
– रगतबाट लागूऔषध प्रयोगकर्ताले बढि प्रसारित हुन सक्छ !
– संक्रमित व्यक्तिको रगत लागेमा
– एकै सिरिन्ज धेरै मानिसले सेयर गर्दा
– परीक्षण नगरिएको रगत चढाउँदा यो रोग सर्न सक्छ ।
– आमा–शिशुमा सर्ने
संक्रमित आमाबाट गर्भमा, जन्मदिने बेला वा स्तनपान मार्फत बच्चामा संक्रमण सर्न सक्छ । तथापि हस्तमैथुन, हात मिलाउँदा, एकै थालमा खाना खाँदा, उस्तै सरसामान प्रयोग गर्दा, चुम्बन गर्दा वा हावा–पानीबाट एचआईभी सर्दैन ।
एचआईभी÷एड्सका मुख्य लक्षणहरू
एचआईभी प्रारम्भमा देखिने लक्षणहरू सामान्य ज्वरो झैं देखिन सक्छन्, जसले धेरैलाई शंका पनि लाग्दैन ।
धेरै देखिने लक्षणहरू :
– लामो समय ज्वरो आइरहने
– अत्यधिक थकान
– तौल घट्दै जानु (शरीरको तौलको १० प्रतिशत घटेको हुन्छ)
– लामो समयदेखि पातलो दिशा
– पसिना आउनु, विशेषगरी रातमा
– छालामा ¥यास वा दाग जोर्नीहरुमा गाँठागुठि आउनु
– लामो समय खोकी या निमोनिया
– मुखभित्र घाउ, डेण्डिफंगस (ओरल थ्रस)
– रोगसँग लड्ने क्षमता घटेपछि सानो संक्रमणले पनि छिटो बिग्रिने
यी लक्षणहरू अन्य रोगमा पनि देखिन सक्छन्, त्यसैले परीक्षण (एचआईभी परीक्षण) नै सबैभन्दा भरोसायोग्य उपाय हो ।
कसरी जोगिने र रोकथामका उपायहरु के हुन सक्छन् त ?
सुरक्षित यौन व्यवहार
– कन्डम नियमित र सही तरिकाले प्रयोग गर्ने
– एकभन्दा बढी यौन साथी नबनाउने
– जोखिमपूर्ण यौन व्यवहार नगर्ने
सुरक्षित सिरिन्ज प्रयोग
– सिरिन्ज सेयर नगर्ने वा हरेक पटक नयाँ, सफा सिरिन्ज मात्र प्रयोग गर्ने
– लागूऔषध छोड्न सहयोग गर्ने कार्यक्रमहरूमा सहभागी हुने
रगत परीक्षण
रगत चढाउनुपरेमा अनिवार्य रूपमा परीक्षण गरिएको रगत मात्र प्रयोग गर्ने
गर्भवती महिलाहरूका लागि परीक्षण
गर्भधारण भएको थाहा पाएका सबै महिलाले एचआईभी परीक्षण गर्नु राम्रो हुन्छ ।
यदि संक्रमित भएमा, चिकित्सकले दिने औषधि (पीएमटीसीटी कार्यक्रम) अपनाए बच्चामा संक्रमण रोक्न सकिन्छ ।
सचेतना र शिक्षा
– विद्यालय, समुदाय र परिवारमा यौन शिक्षा
– लागूऔषधको दुष्प्रभावबारे अभियान
– विदेश जाने कामदारलाई जोखिम र बच्ने उपायबारे जानकारी गराउने
भेदभाव हटाउने
एचआईभी भएका व्यक्तिलाई सामाजिक साथ–समर्थन आवश्यक छ । भेदभाव र बहिष्कारले उपचारमा बाधा पु¥याउँछ, जसले संक्रमण रोकथाममा समस्या थप्न सक्छ ।


























