लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा महिलालाई सक्षम, क्षमता भएको बनाउने अभियानले यसको एक पक्ष सुधार गर्न सक्छ भन्ने आसय सबै अभियन्ताहरुको देखिन्छ ।
पुरुषले बाहिर निस्कने र महिलाले घर समाल्ने सोच परिवर्तन हुँदै गएको छ । आजको परिवेशमा ‘महिला सशक्तिकरण’केबल अधिकार वा समानता प्राप्तिको नारामा सीमित शब्द होइन, यो व्यवहारिक परिवर्तन, आत्मनिर्भरता र सीपलाई मान्यता दिने प्रक्रियासँग जोडिएको विषय हो । यही सन्दर्भमा पछिल्लो दशकमा महिलाको पारिवारिक व्यवस्थापन दक्षता, स्नेह कला, सेवा भाव चरित्रको मूल्याङ्कन हुन थालेको छ । त्यसै सन्दर्भमा आर्थिक र सामाजिक रुपमा शिर उठाउँदै अत्यन्त चर्चा र लोकप्रियता हासिल गरेको क्षेत्र हो– ‘केयर गिभर तालिम’ । परम्परागत रूपमा महिलाले घरभित्र गर्दै आएको हेरचाह, सेवा र माया–ममताको प्रकृति आज विश्वव्यापी मान्यतासहित ‘पेशागत पहिचान’ बनिरहेको छ ।
बदलि“दो विश्व र महिलाको भूमिकाको पुनः परिभाषा
विश्व अत्यन्त व्यस्त, प्राविधिक र प्रतिस्पर्धी हुँदै गएको छ । युरोप, जापान, अमेरिका जस्ता मुलुकमा परिवारका सदस्यलाई समय दिने अवसर अभाव हुँदै गएको छ । वृद्ध, अपाङ्ग, रोगी वा आश्रित व्यक्तिहरूको हेरचाह चुनौतीपूर्ण बन्न थालेपछि होम केयर, एज्ड केयर र अस्पताल–सहयोगी स्वास्थ्यकर्मी जस्ता पेशाहरू स्थापित भएका छन् । यो प्रवृत्तिले महिलाको पारम्परिक भूमिकालाई आधुनिक कौशलका रूपमा रूपान्तरण गरिदिएको छ । घरभित्र अम्मले, बुहारीले वा दिदी–बहिनीले निभाउँदै आएका सेवामूलक कार्य आज ज्ञान, सीप र प्रमाणपत्रसहित आम्दानी–पेशा बन्न थालेको छ –यही हो ‘महिला सशक्तिकरण’को वास्तविक रूप ।
केयर गिभर—घरको अनुभवदेखि विश्व बजारसम्म
नेपालको सामाजिक संरचना हेर्दा महिलाले सधैँ परिवार, बच्चा र वृद्धवृद्धाको हेरचाहकै केन्द्रमा रहने भूमिका भोग्दै आएका छन् । परम्परागत रूपमै सिकिएको यो सीप अब प्रमाणिकरण हुँदै पेशागत पहिचानमा रूपान्तरित भइरहेको छ ।
– गृहिणीले आफ्नो अनुभवलाई पेशागत सीप बनाउन सकिन्छ ।
– ‘मै पनि कमाउन सक्छु’ भन्ने आत्मबल जन्मिन्छ ।
– घरमै, समुदायमा वा विदेशमा रोजगारीको ढोका खुल्छ ।
अझ महŒवपूर्ण कुरा जापान, इस्रायल, दुबई, कोरिया लगायतका मुलुकले नेपालबाट जिटु–जि सहमति मार्फत प्रशिक्षित केयर गिभर लैजाने प्रक्रिया शुरु गरिसकेका छन् । यसले सिकेको सीप विश्व बजारमा सम्मानित पेशा बन्ने अवसर दिएको छ ।
रोजगारीको दिगो ढोका
केयर गिभर तालिमको सबैभन्दा राम्रो फाइदा यसले प्रदान गर्ने रोजगारका विकल्प हुन् ।
– अस्पताल
– वृद्धाश्रम
– निजी होम केयर सेवा
– बाल विकास केन्द्र
– स्वास्थ्य कार्यालय
– विदेश प्रतिष्ठान तथा घरेलु व्यक्तिगत सेवा
यी सबै क्षेत्रमा महिलाका लागि सम्मानित र सुरक्षित पेशागत बाटो खुलेका छन् । जोखिम कम, लगानी न्यून र आम्दानी–सम्मान भने बढी हुने विशेषता यस क्षेत्रमा देखिन्छ ।
भावनात्मक सीपको मूल्य–विश्वव्यापी सम्मान
केयर दिने काम केबल हातले गर्न सकिने कार्य मात्र होइन, यसमा अनुशासन, करुणा, धैर्य, व्यवहारिक ज्ञान, प्राथमिक स्वास्थ्य सीप र भावनात्मक सहयोगको संयोजन आवश्यक पर्छ । त्यहीकारण पश्चिमी समाजहरू हेरचाहकर्तालाई ‘समाजका अभिभावक’ जस्तै मान्यता दिन थालेका छन् । अमेरिका, यूरोपदेखि जापानसम्म केयर प्रोफेसन -Care Profession_ लाई लाइसेन्स, स्किल्ड र वेल पेड सेक्टर -Licensed, Skilled and Well-Paid Sector_ को रूपमा स्थापित गरिँदैछ । महिलाको हातको माया, मुटुको सहानुभूति र धैर्यले यो पेशालाई विश्वमा प्रतिष्ठित बनाइदिएको छ ।
किन महिलाका लागि उपयुक्त ?
घरका कामसँग मिल्दोजुल्दो पेशागत स्वरूप औपचारिक शिक्षाभन्दा व्यवहारिक सीपको बढी महŒव महिलाको भूमिका, ममतासँग जोडिएको प्रकृति समय अनुसार काम गर्न पाउने लचकता सानो तालिम, प्रमाणपत्र र भाषाको दक्षतासहित विदेशमा रोजगारी जाने अवसर । अनमि र सिएमए तालिम लिएका र यो तालिम नलिएका भए खासगरी १२ कक्षा पास, २५ वर्षदेखि मध्य उमेरकी गृहिणीहरूका लागि सिटिइभिटिले डिजाइन गरेको कोर्ष अनुसारको यो स्वास्थ्य तालिम महिलाको जीवनको टर्निङ–प्वाइन्ट बन्न सक्ने देखिन्छ ।
सशक्तिकरणको मनोवैज्ञानिक आयाम
कुनै पनि सीपले केबल आर्थिक परिवर्तन मात्रै ल्याउँदैन, मानसिक र सामाजिक रूपान्तरण पनि गराउँछ ।
– ‘म पनि सक्षम छु’ भन्ने आत्मबल
– परिवार र समाजमा निर्णय क्षमता
– सेवा– म आधारित नेतृत्व सोच
यी गुणहरूले महिलालाई आत्मनिर्भर, सम्मानित र समाजका लागि प्रेरक पात्र बनाउन सहयोग गर्छन् ।
नेपाल र भविष्यको सम्भावना
नेपाल जस्ता राष्ट्रमा जनसंख्यात्मक संरचना, वेरोजगारी र सीपमूलक अवसरको अभावले महिलालाई घरभित्र को चुला–चौकामा सीमित बनाइराखेको थियो । तर, केयर इकोनोमीले यस अवस्थामा आमूल परिवर्तन ल्याउँदैछ । सरकारको जि.टु.जि पहल, विदेश बजारको आकर्षण, संस्थागत तालिम र समाजमा बदलिँदो मानसिकता यी सबैले केयर गिभरलाई भविष्यको सुनौलो पेशा बनाइरहेका छन् ।
महिलालाई हेर्ने विश्व नजर परिवर्तन लै·िक समानता हो
सशक्तिकरणको अन्तिम रूप आत्मनिर्भरता र पहिचान निर्माण हो । केयर गिभर तालिम महिलाको माया, अनुभव र भावनालाई सीप, प्रमाणिकरण र पेशागत पहिचानमा रूपान्तरण गर्ने शक्तिशाली माध्यम बनेको छ । आज घरभित्र सीमित भूमिका निभाउँदै आएका महिलाहरू आम्दानी गर्ने, सेवा दिने र समाजमा नेतृत्व गर्ने शक्ति बनेका छन् ।
केयर गिभर हुनु केबल काम होइन ‘सेवा, स्नेह र सीप’ मार्फत जीवन परिवर्तन गर्ने भूमिका हो । घरभित्रको सीप अब संसारले मूल्यांकन गर्न थालेको छ, महिलाको हातको माया आज ग्लोबल करियरको रूप लिँदैछ यही हो वास्तविक महिला सशक्तिकरणको यात्राको दिशा र लैङ्गिक समानताको शुरुवात ।


























