शिक्षासेवी राम सिटौलाको प्रकाश र प्रवाहहरु कृति लोकार्पण

0
27

चन्द्रकान्त ढकाल

बिर्तामोड, बालकल्याण आमावि चारपानेका संस्थापक, शिक्षासेवी राम सिटौलाको प्रकाश र प्रवाहहरु कृति लोकार्पण भएको छ ।
हिकोला हेरिटेज साहित्य चौतारी बिर्तामोड झापाको प्रेक्षालयमा आयोजित कार्यक्रम साहित्य चौतारीकी उपाध्यक्ष संस्थापक संरक्षक उर्मिला बिमली श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो ।
पुस्तकको परिचय साहित्यकार हरिनारायण भट्टराईले र समीक्षा साहित्यकार बिनोद खरेलले गरेका थिए । उक्त कार्यक्रममा देवी भेटवाल सिटौलाले संगिनी तथा असारे भाकाको गीतको प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रममा पुस्तकका लेखक रामप्रसाद सिटौला, उमा ओली, हरिचरण बानियाँँ, लीला अधिकारी, नरनाथ गिरीले मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन तुलसीप्रसाद निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here