स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न विराट ट्रेड एक्स्पो

0
21
मोरङ,  कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज यहाँ आयोजित पत्रकार जानकारी  दिइयो ।
विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक आगामी पुस ९ देखि १९ गतेसम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार सङ्घले जानकारी दिएको छ । एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुसार एक्सपोमा २३० वटा स्टलहरु रहनेछन् भने अहिलेसम्म २६ वटा स्टल विदेशीहरुले बुक गरिसकेका छन् ।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताउनुभयो । एक्स्पो आयोजनाका लागि रु दुई  करोड ५० लाख खर्च हुने र करिब रु ४० करोडको कारोबार हुने बताइएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिनुभयो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरेको थियो ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here