पत्रकार सुरेश रजक सहिद घोषणा

0
52

काठमाडौँ  । गत चैत १५ गते तीनकुनेमा समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्व. रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

तीनकुने घटनाको तथ्य संकलनका क्रममा ड्युटीमै रहेको अवस्थामा मृत्यु भएपछि पत्रकार महासंघसहित विभिन्न सञ्चार माध्यम र पत्रकार संगठनहरूले रजकलाई सहिद घोषणा गर्न माग गर्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here