हुण्डीमार्फत ५७ लाखभन्दा बढी कारोबार गर्ने व्यक्ति पक्राउ

0
106

काठमाडौँ,  नेपाल प्रहरीले हुण्डीमार्फत ५७ लाख ४७ हजार ३५० रुपैयाँ बराबरको अवैध कारोबार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४, कुलेश्वरस्थित चुन्नेपाखा टोलबाट काभ्रेपलाञ्चोक, नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनी लामो समयदेखि हुण्डी कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठविरुद्ध हुण्डी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here