झापा,झापाको कन्काई नगरपालिका–८ खाडी बस्तीस्थित भित्री सडक खण्डमा आज साँझ भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।
राजगढबाट लक्ष्मिपुरतर्फ आउँदै गरेको मे ९ प ४६९१ नम्बरको मोटरसाइकलले लक्ष्मिपुरबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प ८५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिएर भाग्ने क्रममा सोही मोटरसाइकलले राजगढबाट लक्ष्मिपुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ह ९७६० नम्बरको अटो रिक्सालाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मे ९ प ४६९१ का चालक, बाह्रदशी–५ का ३३ वर्षीय जयनारायण हजाम, सोही मोटरसाइकलका पछाडि सवार बाह्रदशी–३ का २४ वर्षीय विकास राजबंशी र ८५६५ नम्बरका मोटरसाइकल चालक बाह्रदशी–७ का २४ वर्षीय भूपेश राजबंशी घाइते भएका छन्।
घाइते तीनै जनाको उपचार बिर्तासिटी अस्पताल, बिर्तामोडमा भइरहेको छ।
दुर्घटनामा संलग्न अटोका चालक, कनकाई–८ का ४१ वर्षीय अमरकुमार राई इलाका प्रहरी कार्यालय घैलाडुब्बाको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। तीनवटै सवारी साधन प्रहरीकाे नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।





























