
नेपाल र विश्वभरि भ्रष्टाचार एक गम्भीर समस्या बनेको छ, जसले समृद्धि र विकासका मार्गलाई अवरोध गरेको छ । भ्रष्टाचारले समतामूलक दिगो विकास, सम्बृद्धि र शान्ति एवम् समग्र मानवअधिकारको प्रत्याभूतिमा गम्भीर अवरोध सिर्जना गर्ने तथ्य बोध गर्दै भ्रष्टाचारबिरुद्ध अन्तर्राष्टिूय महासन्धि पारित गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचाबिरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।
राष्ट्रसंघले भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचारबिरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारबिरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन । भ्रष्टाचारबिरुद्धको दिवसको यस वर्षको नारा ुग्लष्तष्लन धष्तज थ्यगतज ब्नबष्लकत ऋयचचगउतष्यल स् क्जबउष्लन त्यmयचचयधुक क्ष्लतभनचष्तथु ले युवाहरूको एकता र नेतृत्वलाई जोड दिएको छ । यसले यो बुझाउँछ कि भ्रष्टाचारको अन्त्यका लागि सम्पूर्ण राष्ट्रको साझेदारी आवश्यक छ, विशेष गरेर युवापुस्ताको सक्रियता ।
नेपालमा भ्रष्टाचारको समस्या अत्यन्त गहिरो र जटिल भएको छ, जसका कारण सरकारी, सामाजिक र आर्थिक क्षेत्रहरूमा अनगिन्ती चुनौतीहरू उत्पन्न भएका छन् । हामीले भ्रष्टाचारका कारण, यसको गहिरा असर, समस्या, चुनौतिहरू र आगामी दिनमा सरकार, सरोकारवाला अझ युवा पुस्ताको भूमिका लगायत यसका समाधानका उपायहरूमा चिन्तन गर्न जरुरी छ ।
भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर २०८२ भदौ २३ र २४ को जेन–जी आन्दोलनले मुलुकको सत्ता परिवर्तन गरिदियो । भ्रष्टाचारले सीमा नाघेपछि युवा एकताबद्ध भई सडकमा उत्रिएर गरेको संघर्षले सबैलाई एउटा पाठ सिकाएको छ कि भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलताको खाँचो छ । अहिले सबै दल र निकायको प्रमुख एजेण्डा नै भ्रष्टाचार अन्त्य बनिरहेका छन् । अहिलेको सरकारको मूल जिम्मेवारी निर्वाचनसँगै भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने रहेको छ, तर परिणाम देखिन थालेको छैन ।
छिमेकी मुलुक चीनमा भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुन्छ । उपल्लो ओहोदामा पुगेका धेरैलाई मृत्युदण्ड दिइएको पनि छ । भर्खरै जेन–जी विद्रोहबाट अपदस्त भई भारतमा शरण लिइरहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । नेपालमा पनि २०४६ पछि सरकारमा पुगेका र कर्मचारीसहित सार्वजनिक पद धारण गरी अकुत सम्पत्ति आर्जन गरेका सबैको सम्पत्ति छानविन गरी कारवाहीको दायरामा ल्याउनु पर्ने माग पेचिलो बन्दै गएको छ ।
भ्रष्टाचार :
भ्रष्टाचार भनेको शक्ति, पद वा प्रभावको दुरुपयोग गर्नुलाई जनाउँछ । यसले सरकारको कामकाजी संरचनामा विभिन्न विकृतिहरू ल्याउँछ । नेपालमा यसको रूपहरू विभिन्न छन् । जस्तैः सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूबाट सेवा लिने अवसरमा घुस माग्ने र दिने अभ्यास व्याप्त छ । सरकारी परियोजनाहरूमा बजेटको अपव्यय र बाँडफाँडमा प्रसस्त अनियमितता छ । असल योग्यता भएका व्यक्तिहरूलाई बाहिर राखेर राजनीतिक निकटता भएका व्यक्तिहरूलाई सरकारी लाभ दिइनु पनि भ्रष्टाचार हो । त्यस्तै पक्की योजनाको घोषणा गरेर कागजमा मात्रै विकास कार्य गरिएको हुन्छ, जबकि वास्तविकता फरक हुन्छ । नेपालमा राजनीतिक अस्थिरता र कमजोर न्यायिक प्रणालीका कारण भ्रष्टाचार बढेको छ ।
भ्रष्टाचारका कारण :
नेपालमा भ्रष्टाचारका धेरै कारणहरू छन्, जसले यसको फैलावटलाई अझ गहिरो बनाएको छ ।
राजनीतिक अस्थिरता :
नेपालमा बारम्बार सरकार परिवर्तन र आन्तरिक राजनीतिक अस्थिरताका कारण भ्रष्टाचारको नियन्त्रण गर्न कठिन भएको छ । २०५२ को माओवादी जनयुद्ध र त्यसपछि भएका विभिन्न संघर्षहरूका कारण सरकारी संस्थाहरू कमजोर भएका थिए । जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीले लामो समय स्थानीय तह सञ्चालन गरे । पछिल्लो समय राजनीतिक संयन्त्र बने पनि त्यसले भागवण्डाको नाममा भ्रष्टाचारलाई मलजल गर्यो । त्यस समय भ्रष्टाचारको मौकामा परिणत भएको थियो ।
कानूनी र नियामक संरचनाको कमजोरी :
भ्रष्टाचारको नियन्त्रणका लागि प्रभावकारी कानूनी प्रावधानको अभाव भएको छ । अधिकांश अवस्थामा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई सजाय हुँदैन । उदाहरणको रूपमा, सार्वजनिक खर्चमा भ्रष्टाचारको आरोपमा थुप्रै व्यक्तिहरू निर्दोष बने भने अपराधीहरूले उन्मुक्ति पाउँदै आएका छन् । दण्डहिनताले गर्दा मुलुकमा भ्रष्टाचार मौलाएको छ ।
सार्वजनिक क्षेत्रको अशक्तता ः
सरकारी कामकाजी संरचनामा अनावश्यक ढिलाइ, अव्यवस्था र अनियमितताका कारण भ्रष्टाचारको अवसर खुल्छ । धेरै सरकारी कार्यालयहरूले भ्रष्टाचारका अवसरहरूको पूर्ति गर्छन् ।
सामाजिक र सांस्कृतिक कारकहरू ः नेपालमा केही अवस्थामा भ्रष्टाचारलाई एक सामान्य व्यवहारको रूपमा स्वीकार गरिएको छ । उदाहरणको रूपमा ‘घुस भनेको काम गर्ने प्रक्रिया हो’ भन्ने सोचले यसलाई सामान्य बनाएको छ ।
शिक्षा र जागरूकताको कमी :
धेरै नेपाली नागरिक भ्रष्टाचारका बारेमा जागरूक छैनन् । शिक्षाको स्तर कम भएको कारण, भ्रष्टाचारको परिणाम र यसबाट उत्पन्न हुने समस्याहरूको गहिराइलाई बुझ्न गाह्रो हुन्छ ।
भ्रष्टाचारका प्रभावहरू
भ्रष्टाचारको प्रभाव केबल एक राजनीतिक वा आर्थिक समस्या होइन, यसले समाजको प्रत्येक पक्षमा असर पु¥याउँछ । यहाँ केही मुख्य प्रभावहरू प्रस्तुत गरिएका छन् : आर्थिक विकासमा बाधा : भ्रष्टाचारले आर्थिक प्रणालीलाई कमजोर बनाउँछ । यो सार्वजनिक सेवामा अनावश्यक खर्च बढाउँछ र विकास परियोजनाहरूको बजेटमा कटौती हुन्छ । उदाहरणका लागि भ्रष्टाचारका कारण धेरै आधारभूत निर्माण परियोजनाहरू समयमै पूरा हुँदैनन् ।
सामाजिक असमानता र विकृति : भ्रष्टाचारको कारण समाजमा असमानता बढ्छ । योग्य र सक्षम व्यक्तिहरू सरकारी तथा सार्वजनिक सेवामा प्रवेश गर्न सक्दैनन् भने राजनीतिक आस्थामा आधारित व्यक्तिहरू मात्र आफ्नो हक प्राप्त गर्छन् । उदाहरणका लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका भ्रष्टाचारका कारण त्यहाँका सेवाहरू प्राप्त गर्न केही वर्गका नागरिकहरू वञ्चित हुन्छन् ।
नागरिकको विश्वासमा कमी : जब सरकार र सार्वजनिक संस्थाहरू भ्रष्टाचारमा संलग्न देखिन्छन्, तब नागरिकको विश्वास घट्छ । यसले राज्यको शासनप्रतिको जनविश्वासलाई गहिरो चोट पु¥याउँछ ।
वैदेशिक लगानीमा कमी : भ्रष्टाचार भएका देशहरूमा बाह्य लगानीकर्ताहरूको आकर्षण घट्छ । नेपालमा घूस र अनियमितताका कारण धेरै विदेशी लगानीकर्ताले नेपाललाई विश्वास गर्दैनन् ।
सार्वजनिक स्रोतको दोहन : नेपालका वन, जल, खानी जस्ता प्राकृतिक स्रोतहरू भ्रष्टाचारका कारण लुटिएका छन् । यसका कारण राष्ट्रको दीर्घकालीन विकास प्रभावित भइरहेको छ ।
भ्रष्टाचारको अन्त्यका उपायहरू
नेपालमा भ्रष्टाचारको नियन्त्रण गर्नका लागि तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक छ । यसका लागि सरकार र नागरिक समाजले संयुक्त प्रयास गर्नुपर्छ ।
कानूनी सुधार र कडा दण्ड : भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कडा सजायको आवश्यकता छ । सरकारले भ्रष्टाचार विरोधी कानूनलाई सशक्त बनाउने र तिनको कार्यान्वयन व्यवस्था गर्नुपर्छ । विशेष रूपमा सरकारलाई भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र न्यायिक प्रणालीको निर्माणमा ध्यान दिन आवश्यक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायमा राजनीतिक नियुत्ति हुनु नै भ्रष्टाचारको संरक्षण सरह सावित भएको छ ।
सार्वजनिक क्षेत्रको सुधार : सरकारी कार्यालयहरूको पारदर्शिता र दक्षता बढाउनुपर्ने हुन्छ । इ–गभर्नन्सको प्रयोग गरेर सेवा प्रक्रिया पारदर्शी बनाउन सकिन्छ । उदाहरणका लागि, सरकारी योजनाहरू र बजेटको जानकारी इन्टरनेटमा राखेर नागरिकलाई सजिलै पहुँच पुर्याउन सकिन्छ ।
युवा नेतृत्व र जागरूकता : यस वर्षको नारा ग्लष्तष्लन धष्तज थ्यगतज ब्नबष्लकत ऋयचचगउतष्यल ले युवाहरूको भूमिका महवपूर्ण रहेको बताउँछ । यदि युवा पुस्ता इमानदारी र नैतिकताका पक्षमा उभिन्छ भने भ्रष्टाचारको अन्त्य सम्भव छ । उदाहरणको रूपमा २०८२ भदौमा जेनजी आन्दोलनले युवा एकताका साथ भ्रष्टाचारबिरुद्ध अग्रसर भउको उदाहरण प्रस्तुत गरेको छ ।
सामाजिक जागरूकता र शिक्षाको प्रोत्साहन ः भ्रष्टाचारको खतरनाक परिणामहरूको बारेमा जनचेतना फैलाउन शिक्षा प्रणालीलाई सुधार्न आवश्यक छ । जनताको शिक्षा स्तर सुधारिए, उनीहरूले भ्रष्टाचारको असरलाई बुझ्न र यसको बिरुद्ध लड्न सक्षम हुनेछन् ।
प्रविधिको प्रभावकारी प्रयोग : डिजिटल प्रविधिको उपयोग भ्रष्टाचारको नियन्त्रणमा प्रभावकारी सावित हुन सक्छ । नेपालमा सरकारी प्रक्रिया र कामकाजी संरचनामा पारदर्शिता ल्याउन प्रविधिको प्रयोग अनिवार्य छ ।
सरकारको भूमिका र युवाको एकता
नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणका लागि बलियो इच्छाशक्ति र स्पष्ट नीतिहरू बनाउनुपर्छ । तर, केबल सरकारले मात्र यो कार्य गर्न सक्दैन । यसका लागि नागरिक समाजको, विशेषगरी युवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक छ । युवाको एकता भ्रष्टाचारको अन्त्यको मुख्य आधार बन्न सक्छ । यसको उदाहरण स्वरूप जेन–जी आन्दोलनले नेपाली युवाहरूको शक्ति र एकताको महवलाई देखाएको छ । युवाले आफूलाई केबल आलोचकको रूपमा होइन, समाधानको रूपमा प्रस्तुत गर्न सक्छन् । सरकार, नागरिक समाज सहितका सरोकारवाला र युवापुस्ताले मिलेर भ्रष्टाचारको अन्त्यका लागि साझा कदम चाल्नुपर्छ ।
निष्कर्ष
नेपालमा भ्रष्टाचार एक गम्भीर समस्या हो जसले राष्ट्रिय विकास र प्रगति अवरुद्ध गरेको छ । यसको नियन्त्रणका लागि सरकार, नागरिक समाज र युवापुस्ताको एकता आवश्यक छ । भ्रष्टाचारको अन्त्यका लागि कानूनी सुधार, सार्वजनिक सेवामा सुधार र युवा नेतृत्वको आवश्यकता छ ।
भ्रष्टाचारको अन्त्य नभइ सुशासन र मुलुकको प्रगति असम्भव छ । यदि हामी सबै मिलेर प्रयास ग¥यौ भने भ्रष्टाचारको अन्त्य र देशको समृद्धि सम्भव छ । ९ डिसेम्बरको अन्तर्राष्ट्रिय भ्रष्टाचारबिरुद्ध दिवसको अवसरमा हामी सबै एकजुट भएर भ्रष्टाचारको अन्त्यका लागि काम गर्ने संकल्प गरौं ।


























