पूर्वाञ्चलकर्मी खरेल सम्मानित

0
2

सुरुङ्गा ।

नेपाल पूर्व प्रहरी सङ्गठन कनकाई नगर समितिले पूर्वाञ्चलकर्मी तीर्थराज खरेललाई सम्मान गरेको छ ।

सङगठनको चौथो अधिवेशनको अवसरमा सञ्चारकर्मी तथा स्तम्भकार खरेललाई फूलमाला, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य मदनगोपाल सुब्बाले खरेललाई सम्मान गरेका थिए । शिक्षाक्षेत्रमा पनि क्रियाशील खरेललाई निष्पक्ष तथा निष्ठावान रही व्यावसायिक पत्रकारितामार्फत समाज र जनताको सेवा गरेवापत सम्मान गरिएको बताइएको छ ।

सोही कार्यक्रममा नेपाल पूर्व प्रहरी सङ्गठनलाई तन, मन र धनले सहयोग पु¥याउने ७० वर्षमाथिका ज्येष्ठ प्रहरीहरू निरबहादुर थापा, दुर्गाहादुर पौडेल, भीमप्रसाद दाहाल, लीलाबहादुर भण्डारी र सन्तबहादुर थापालाई पनि फूलमाला, अबिर र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कनकाई नगर क्षेत्रमा हाल ८५ जना पूर्व प्रहरीहरू भए पनि सङ्गठनमा ६६ जना मात्र आबद्ध रहेको र २२ लाख रुपैयाँको नगरस्तरीय कल्याण कोष सञ्चालनमा रहेको बताइएको छ । नेपाल पूर्व प्रहरी सङ्गठन कनकाई नगर कार्यसमितिको कोषमा नियमित मासिक बचत गर्ने सदस्यहरूलाई क्यान्सर, मिर्गौला फेल र मुटु रोगका लागि ११ हजार नगद सहयोग गर्ने गरिएको बताइएको छ ।

कार्यक्रममा पूर्व प्रहरीहरू शम्भु ढकाल (सुस्केरा), अग्निप्रसाद नेपाल लगायतको आतिथ्य रहेको थियो । कनकाई नगर समितिका सल्लाहकार सहसंयोजक सूर्यकुमार प्रसाईंले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मदनगोपाल सुब्बा, विशेष अतिथि झापा जिल्ला समितिका पूर्व अध्यक्ष खेमराज कार्की, प्रगति टोल विकास संस्थाका सचिव होम दुलाल, सङगठनका मेचीनगर अध्यक्ष अमिन अलि शेख, मेचीनगर सल्लाहकार संयोजक याम आचार्य, झापा जिल्ला सदस्य भूपेन्द्र गिरी, सम्मानित व्यक्तित्व खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कनकाई नगर अध्यक्ष हरिप्रसाद सेडाईंको अध्यक्षतामा भएको कार्यक्रम सङगठनका सचिव अम्बरबहादुर लिम्बूले सञ्चालन गरेका थिए । अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here