शनिश्चरेमा `मेरो आवाज´ तालिम सुरु

0
2

अश्मी न्यौपाने,
अर्जुनधारा ।

युवाहरूमा वाककला तथा व्यक्तित्व विकास गराउने उदेश्यले शुक्रवारबाट झापाको अर्जुनधारामा सात दिने `मेरो आवाज ´उद्घोषण तालिम सुरु भएको छ ।

अर्जुनधाराको शनिश्चरेबाट प्रसारण हुने मेरो रेडियो १०५ मेगाहर्जको आयोजनामा भएको उक्त तालिममा स्टेज उद्घोषण ,रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तुति ,व्यक्तित्व विकास लगायतका विविध विषयमा प्रशिक्षण गराइने रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराईले जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिममा युवाहरूको उत्साहजनक सहभागिता रहेको छ । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष गिरीले बोल्ने कला सिकेका व्यक्तिहरुमा आत्मनिर्भर बन्ने सम्भावना र अवसर अरुमा भन्दा बढी प्राप्त हुने र राम्रो बोल्नेहरुको समाजमा सकारात्मक प्रभाव रहने बताएका छन् ।

एआईको समयमा आत्मविश्वास पनि उत्तिकै आवश्यक रहेकाले त्यसको सही सदुपयोग गर्न र सचेत नागरिक बन्न पनि यस प्रकारका तालिमले सहयोग गर्ने बताउदै उनले सहभागीहरुलाई शुभकामना समेत दिएका थिए ।

रेडियोको तालिम हलमा सुरु भएको उक्त तालिम आगामी पौष ३ गतेसम्म चल्ने रेडियोका स्टेशन प्रमुख दिपक ढुङ्गानाले जानकारी दिएका छन् । रेडियोका अध्यक्ष शंकर सुवेदीको सभाध्यक्षतामा सुरु भएको तालिम कार्यक्रममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । प्रशिक्षकका रुपमा भने रेडियोकर्मी दिपक ढुङ्गाना , यलम्बर टाइम्सका सम्पादक राजन साम्पाङ रहेको जनाइएको छ ।

मेरो रेडियोकी कार्यक्रम संयोजक बिमला प्रधानले स्वागत तथा प्रबन्ध निर्देशक भट्टराईले औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन मेरो रेडियोकर्मी अश्मी न्यौपानेले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here