सुरुङ्गा। 
नेपाल पूर्व प्रहरी सङ्गठन कनकाई नगर समितिको चौथो अधिवेशनले हरिप्रसाद सेढाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
७२ वर्षीय सेढाई पूर्व प्रहरीमाझ सहयोगी र सक्रिय नेतृत्वको रूपमा स्थापित छन् । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा केशरबहादुर भुजेल, सचिवमा अम्बरबहादुर लिम्बु, सहसचिवमा रामप्रसाद गिरी, कोषाध्यक्षमा भगिरथ पाठक र सहकोषाध्यक्ष देवीचरण पाठकलाई चयन गरिएको छ ।
समितिको सदस्यहरूमा रमेश शिवाकोटी, भीमप्रसाद दाहाल, लीलाबहादुर भण्डारी, वेदप्रसाद पौडेल र महिला सदस्यमा निर्मला लिम्बू रहेकी छन् ।
सल्लाहकार समितिमा संयोजक खेमराज कार्की, सहसंयोजक सूर्यकुमार प्रसाई र सदस्यहरूमा अग्निप्रसाद नेपाल, निरबहादुर थापा सीताराम संग्रौला र शम्भुप्रसाद ढकाल सुस्केरा रहेको नवनिर्वाचित अध्यक्ष सेढाईले जानकारी दिए ।
नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य मदनगोपाल सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा वक्ताहरूले नेपाल सरकारले पूर्व प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने र पूर्व प्रहरीहरू मातृभूमि र नेपाली जनताको रक्षार्थ राज्यले खटाइएको ठाउँमा सेवा गर्न तयार रहेको बताएका थिए ।





























