आधुनिक प्रस्तुति र रोमान्स बोकेको गीत ‘परान’ सार्वजनिक

0
2

काठमाडौँ,

रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ ।

गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले संयोजन गरेका छन्। गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन् ।

गीतको एरेन्ज विशाल निरौलाको गरेका हुन । रोमान्टिक भाव र आधुनिक प्रस्तुति समेटिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , राकेश दाहालको सम्पादन जस बहादुर याक्खा (जसु)को निर्देशन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। एन जेड शालु र मुकेश गुरुङको अभिनय देख्न सकिन्छ ।

‘परान’ गीत हेर्न तल क्लिक गर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here