चासोक तङनाम मनाइदैं

0
3

कमल ।

यतिवेला किराँत याक्थुङ (लिम्बु) समुदायको मौलिक उद्यौली पर्व यले तङबे ५०८५ चासोक तङनाम विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा धूमधामका साथ मनाइदै छ ।

यसै क्रममा झापाको कमल गाउँपालिकामा समेत किराँत याक्थुङ लिम्बु समुदायहरुको मौलिक उद्यौली पर्व यले तङबे ५०८५ चासोक तङनाम आज मनाईएको छ ।किरात याक्थुङ चुम्लुङ र याक्थुङ युवा मञ्च कमलको संयुक्त आयोजनामा कमल ३ स्थित केर्खा खेल मैदानमा चासोक तङनाम (१०औं न्वागी पुजा २०८२) मनाईएको हो ।

सो कार्यक्रमको उद्घाटन याक्थुङ मुन्धुम विद डा. कमल तिगेला खेवाहाङले पानसमा बक्ति बालेर गर्नु भएको थियो । चासोक तङनाम कृषिसँग सम्बन्धित महत्वपूर्ण पर्व हो । जसमा नयाँ अन्न भित्र्याएको खुशीयाली स्वरूप प्रकृति, भूमि, पितृ तथा देवदेवीप्रति कृतज्ञता प्रकटमा रुपमा चासोक तङनाम मनाउने गरिन्छ ।

चासोक तङनाम पर्वको अवसरमा लिम्बु समुदायले परम्परागत विधिअनुसार सावा येहाङ, तुम्याहाङ, युमासाम्मा लगायत प्रकृति पूजाको आराधना गर्दै चासोक (नयाँ अन्न) चढाउने परम्परालाई स्मरण गर्दै चासोक पर्व मनाउने गरिएको हो ।

साकेला÷केलाङ नृत्य, परम्परागत भेषभूषा, मौलिक गीतसंगीत तथा सांस्कृतिक झाँकीमार्फत आफ्नो पहिचान र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्येश्यले यो पर्व मनाउने गरिएको लम्बिु समुदायले जनाएका छन् ।

चासोक तङनामले आपसी सद्भाव, सहकार्य र सामुदायिक एकतालाई थप बलियो बनाउने विश्वास गरिएको छ । भने यस पर्वले कृषिमा आश्रित जीवनशैली, प्रकृतिसँगको सहअस्तित्व र मौलिक संस्कृतिको महत्वलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको याक्थुङ युवा मञ्च कमल गाउँसमितिका अध्यक्ष आशिष लेछर्वोले बताउनु भयो ।

कार्यक्रमा याक्थुङ युवा मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कमल १ का वाडा अध्यक्ष केदार कटुवाल, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङगो, केन्द्रिय सदस्य बसन्तराज योङहाङ लगायत दमक, गौरादह, शिवसताक्षी लगायतका पालिका स्थित समितिका पदाधीकारी हरुको समेत उपस्थिती रहेको थियो ।

किराँत याक्थुङ चुम्लुङ कमल गाउँँ समितीका अध्यक्ष दिवस सम्वाहाफेको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन शुक्र लावतीले गर्नु भएको थियो भने याक्थुङ युवा मञ्चकी उपाध्यक्ष मिक्कि लिम्बुले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो । फुटेज धजबतकबउउ मा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here