पूर्वाञ्चलकर्मी राजवंशीसहित दुई जना सम्मानित

0
2

झापा ।

झापाको कनकाई नगर प्याब्सनद्धारा पूर्वाञ्चलकर्मी एवम् प्राज्ञ पवन राजवंशी र शिक्षासेवी केशव वेडारी सम्मानित भएका छन् ।

कनकाई नगर प्याब्सनद्धारा आयोजित साङ्गीतिक कार्यक्रममा दुबैजनालाई सम्मान गरिएको हो । कनकाई नगरपालिका निवासी दुबैजनालाई आआफ्नो कर्म क्षेत्र र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले बताए।

सम्मानित कनकाई ९ घैलाडुब्बा निवासी पूर्वाञ्चलकर्मी राजवंशी कुशल चित्रकार, सफल पत्रकार र प्रशिक्षक समेत हुन् ।

त्यस्तै वेडारी लामो समयदेखि निजि विद्यालय सञ्चालन गरेर समाजमा शिक्षाको क्षेत्रमा अग्रज ब्यक्तिको रुपमा चिनिन्छन् । दुबैजनालाई कनकाई नगरपालिकाका कार्यवाहक नगरप्रमुख समेत रहेकी नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले सम्मान गरेकी हुन् ।

यसैबीच प्याब्सन कनकाईद्धारा नगरका प्याब्सनमा आवद्ध विभिन्न १६ विद्यालयका विद्यार्थीहरुका सिनियर तथा जुनियर विधाका विद्यार्थीलाई समेत पुरस्कृत गरेको थियो ।

कनकाई नगरपालिका ९ स्थित अरुणोदय अंगूेजी विद्यालयमा आयोजित कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रिय सदस्य एलपी उप्रेती, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला अध्यक्ष छत्र कार्की, सचिव लक्ष्मी उप्रेती, जिल्ला सहसचिव बिनोद सुब्बा लगायातको आतिथ्यता रहेको थियो ।

प्याब्सन कनकाईका कोषाध्यक्ष बिमान लामाले स्वागत गरेको कार्यक्रममा सञ्चालन सचिव गोकुल उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here