राष्ट्रियसभामा सुधिर, हर्कलालसहितको नाम सिफारिस

0
2

झापा ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि झापाबाट संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्वाञ्चल दैनिकका संस्थापक सञ्चालक हर्कलाल गिरीसहितको नाम नेपाली कांग्रेस झापाले सिफारिस गरेको बुझिएको छ ।

नेपाली कांग्रेस झापाले शिवाकोटी र गिरीसहित अन्यतर्फ शेरबहादुर भट्टराई, दयानन्द गोश्वामी, याम भण्डारी, ओमप्रकाश सरावगी, अनिलकृष्ण प्रसाईं, टीका प्रसाईं, केदारनाथ ढकाल, ओम विमली र प्रेम भट्टराईको नाम सिफारिस गरेको प्रेस युनियनका नेतृत्व निकट एक सञ्चारकर्मीले जानकारी दिए ।

यता महिलातर्फ राधा सुब्बा, नौतली राजवंशी र नीता पुरीको नाम सिफारिस भएको छ भने दलिततर्फ बिनकुमार विश्वकर्माको नाम सिफारिस भएको बुझिएको छ । कोशी प्रदेशमा यसपटक राष्ट्रिय सभाका तीन जना सदस्यको पद रिक्त हँुँदैछ । जसका लागि नेपाली कांग्रेस झापाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो ।

यसअघि जिल्लाका गतिविधि र निर्णयहरु नेपाली कांग्रेस झापाले प्रेसलाई तत्कालै सूचना उपलब्ध गराउँदै आएको थियो । तर, कांग्रेस झापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गरे पनि राष्ट्रियसभामा सिफारिस भएका उम्मेदवारका बारेमा आधिकारिक जानकारी गराएको छैन ।

राष्ट्रियसभामा सिफारिस भएकामध्ये शिवाकोटी संविधानसभा सदस्य हुन् भने उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेस झापाको दुईपटक सभापति भएका शिवाकोटी पञ्चायतकालमा इलाम जिल्ला स्थानहद नजरबन्द, पटक–पटक हिरासत, राजा ज्ञानेन्द्रको शाही शासनकालमा चारआलीस्थित सैनिक हिरासतमा कठोर शारीरिक यातना भोगेका ब्यक्ति हुन् । उनी शालिन, भद्र र स्वच्छ छविका रुमपा परिचय बनाएका नेताका रुपमा चिनिन्छन् ।

यता गिरी अनारमनी गाउँ पञ्चायतको प्रजातन्त्रवादी खेमाबाट उम्मेदवार भई नेपाली कांग्रेसका तर्फबाट प्रधानपञ्च बनेका व्यक्ति हुन् भने २०४८ सालमा नेपाली कांग्रेसकै तर्फबाट अनारमनी गाविसको अध्यक्ष बनेका व्यक्ति हुन् । नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य हुँदै हाल जिल्ला सल्लाहकार समिति सदस्य हुन उनी । उनी पूर्वाञ्चल दैनिकका संस्थापक सञ्चालक मध्येका एक हुन् ।

राष्ट्रियसभामा सिफारिस भएका अर्का व्यक्ति गोश्वामी पार्टीको पूर्व जिल्ला सचिव हुन् भने नेपाली कांग्रेसको तर्फबाट चकचकी गाविसका पूर्वअध्यक्ष हुन् । उनी नेपाली लेखक संघ झपाका जिल्ला अध्यक्ष तथा साहित्यकार हुन् ।

राष्ट्रियसभामा सिफारिस भएका अर्का व्यक्ति हुन् भट्टराई । उनी नेपाली कांग्रेस झापाको हाल उपसभापति पदमा रहेका छन् । उनी झापा क्षेत्र नम्बर ५को नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति हुन् । उनी पूर्व दमक नगर सभापति समेत रहेका थिए ।

त्यस्तै ओम सरावगी नेपाली कांग्रेसको जिल्ला सल्लाहकार समिति सदस्य हुन् भने उनी कोशी प्रदेशका पूर्व सहकारी मन्त्री हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here