सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका–८ बाट पाँच सय ७७ किलोग्राम र इनरुवा नगरपालिका–३ बाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–८ मा ११ वटा बोरामा रहेको पाँच सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका–३ बाट १० किलोग्राम गाँजा र दुई ग्राम १८० मिलिग्राम ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको हो ।
लागूऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























